तीन सय विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग
सिन्धुपाल्चोक, असोज १३ गते
बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले तीन सय विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
किवानिज इन्टरनेसनल चिल्ड्रेन फण्डको सहयोगमा किवानिज क्लब सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका वडा २ कर्थली, वडा ३ खाग्दल, सेतिदेबी पञ्कन्या आधारभूत विद्यालय बाह्रबिसे, भैरबकुण्ड आधारभुत विद्यालय भोटेकोशि गाउँपालिका लार्चा लगायतका तीन सय विद्यार्थीहरुलाई कपि, कलम, ट्याक्सुट, स्कुल ब्याग वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम हाल सञ्चालन भइरहेकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा किवानिज क्लव सिन्धुपाल्चोकका अध्यक्ष दानोर्बु शेर्पाल...
