कलाका कुराको ३८ औं शृङखलामा कृष्ण मानन्धर
काठमाडौं । प्रख्यात कलाकार तथा प्राध्यापक कृष्ण मानन्धरले कलाका कुरामा आफ्नो अनुभव सुनाउनु भयो । नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम कलाका कुरामा मानन्धरले सानै देखि कलामा रुचि छोराको चाहना बुझेर बुवाले तत्कालिन जुद्धकला पाठशालामा भर्ना गरिदिएको बताउनु भयो । २०२६ साल ताका कलाका उच्च अध्ययनका लागि भारतको बम्बै स्थित जेजे कलेजमा अध्ययन गर्नुभएको हो । उहाँ भारतबाट अध्ययन गरेर आएकै वर्ष सन् २०७१ मा शशि शाह, वत्सगोपाल बैद्य,, इन्द्र प्रधान र कृष्ण मानन्धर मिलेरे स्किव समुहको सुरुवात गरेका थिए । स्किव समुहबाट यी कलाकारहरुले लामो समय नेपाली कला क्षेत्रमा वर्चश्व कायम गर्न सफ थिए ।
कृष्ण मानन्धर कला शिक्षणमा लगभग ३४ वर्ष संलग्न हुनुभयो । पहिला पहिला १०० जना जति राखेर कलाको कक्षामा पढाउनु पर्ने वाध्यता थियो । देशमा एक मात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो । अन्यत्र पनि क्या...

