अहिलसम्मकै धेरै संक्रमित भेटिए काठमाडौं उपत्यकामा
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जना कोभिड १९ संक्रमित शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन् । शुक्रबार नेपालमा कोभिड–१९ का १४५४ संक्रमितको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै कुल संक्रमित ५१९१९ पुगेको छ । पहिलो संक्रमित फेला परेको करिब सात महिनापछि कुल संक्रमित नाघेको हो ।
पछिल्लो चौबीस घण्टामा ९७२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यो संख्यासँगै संक्रमणमुक्त हुने ३६६७२ पुगेको छ । संक्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४९२५ जनामा संक्रमण सक्रिय रहेको जनाएको छ ।
आइसोलेसनमा १४९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् भने पाँचजनाको मृत्युसहित कुल संख्या ३२२ रहेको छ । पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ ।...
