काठमाडौं, जेठ २३ । कोरोना संक्रमणको महामारीले सबैलाई स्तव्ध बनाईरहेको बेला ब्लाईन्ड रक्स नामक संस्थाले भर्चुअल कार्यक्रम गरी आफ्नो ७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चार सय जना सहभागी सो कार्यक्रममा दृश्य संचारमा आपङ्गता भएका व्यक्तिलाई मुलधारमा कसरी अगाडि बढाउने भन्ने विषयमा समुह छलफल गरिएको थियो । बरिष्ठ संचारकर्मी दिलभुषण पाठकले अपांङ्गता भएका मानिसका फरक क्षमतालाई सपोर्ट गर्न सकेमा उनिहरुको वास्तविक क्षमतालाई उजागर गर्न सकिने बताउनु भयो ।
यसैगरी वहाँले मिडियाहाउसहरु अझैपनि अपांगमैत्री नभएको गुनासो गर्दै आफुले काम गर्ने मिडिया हाउसहरुलाई अपांगमैत्रि बनाउन पहल गरेर सफल पनि भएको स्मरण समेत गर्नु भयो । दिष्टिविहिन भएका धेरै व्यक्तिहरुले आँखा देखेर पनि जिवनको महत्वलाई देख्न नसकेका धेरैलाई आँखा देखाईदिने काम गरको बताउनुभयो । यसैगरी नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्रमा आपांगता तथा दिष्टिविहिनहरुलाई समेट्न नसकिएको बताउदै आफु चलचित्रको निर्माण गरेमा यो विषयलाई प्राथमिकता दिने जानकारी गराउनुभयो ।
राष्ट्रिय नाचघरका प्रवन्ध व्यवस्थापक अशोक प्यासि राईले राष्ट्रिय नाचघर जस्ता थिएटरहरु आपङ्गमैत्रि हुन नसकेको स्विकार गर्दै आगमि दिनहरुमा अपांगता भएका व्यक्तिहरुको क्षमता प्रस्फुटनमा सघाउ पुर्याउन सोहि अनुसार पुर्वाधार विकास गर्नको लागि आफुले पहल गर्ने बताउनुभयो ।
समुह छलफलको नेतृत्व गर्नुभएकि संस्थाकि संस्थापक सृष्टि केसिले अपांगता दिष्टिविहिन भएका व्यक्तिहरुलाई पनि आम मानिस सरह सामान्यिकरण गरेर हेर्न जरुरी रहेको बताउदै दिष्टि गुमाउदैमा क्षमतानै नभएमmै गरी अन्धकार संग जोडिनु असामान्य भएको बताउदै सबैलाई यससम्वन्धि चेतना दिनु जरुरी रहेको बताउनु भयो । दिष्टिविहिन अभियन्ता बिरेन्द्र पोख्रेलले सरकारले अपाङ्गता भएका व्यक्तिलाई भत्तामा सिमित गरेर उनिहरुको क्षमतलाई अवमुल्यन गरेको बताउनुभएको छ साथै वहाँले अपाङ्गता तथा दिष्टिविहिनहरु भित्रको अन्तरशक्तिलाई व्लाईन्ड रक्सले बाहिर ल्याईदिने काम गरेको भन्दै संस्थाको प्रशंसा गर्नु भएको थियो ।
