विपिनको खास लाग्न थाल्यौँ…मा विशाल र सरिताको खास अभिनय (हेर्नुस भिडियो)
काठमाडौँ । गायक तथा संगीतकार विपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं…को भिडियो मंगलबार युट्युबमार्फत रिलिज गरेका छन् । दुई दशकदेखि गायनमा सक्रिय विपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।
यो गीतमा उनी आफैंले संगीत गरेका छन् । गीतलाई नारायणप्रसाद सापकोटाले लेखेका हुन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ भने मिक्सिङ शम्भुकुमार तन्डुकारले गरेका छन् ।
यो संयोगान्त गीत निको रोमाञ्चक बनेको छ । जसमा अभिनेता विशाल पोखरेल र गायिकाको रूपमा परिचित मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुईको अभिनय आकर्षक देखिएको छ । भिडियोलाई कथानक शैलीमा ढालिएको छ ।
गीतको अवधारणाअनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका नायकलाई उठाएर उद्दार गर्दा नायक र नायिकाबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई गीतकार त...

