Tuesday, July 28[email protected]
Shadow

पर्यटन

आजवाट आन्तरिक हवाई उड़ान सुरु

आजवाट आन्तरिक हवाई उड़ान सुरु

पर्यटन
असोज-५ रौतहट पवन राज गुप्ता   नेपाल मा आज बाट आन्तरिक हवाई  उड़ान सुरु भएको छ।। सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ ।...
लामो दूरी का सार्वजानिक यातायात  र आन्तरिक हवाई उड़ान अशोज 5गते बाट सञ्चालन हुने

लामो दूरी का सार्वजानिक यातायात र आन्तरिक हवाई उड़ान अशोज 5गते बाट सञ्चालन हुने

पर्यटन
  पवन कुमार गुप्ता     यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन्। यातायात ब्यबसाय ले असोज1 गते देखी गाड़ी सञ्चालन गर्ने घोषणा गरेको ले सरकार ले मध्य नजर राखदै ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णलय गरेको हो। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए। कोरोनाका कारण लकडाउन भएयता लामो दूरीका सार्वजनिक यातायात संचालन हुन सकेको छैन। हवाइ उडान पनि असोज ५ बाट नै सुरु हुनेछन्।...
सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

पर्यटन, विजनेश, समाचार
सगरमाथा आरोहीहरु टासिलाक्पा शेर्पा, मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पाले विना अक्सिजन विन्टर एभरेस्ट स्पिड आरोहण गर्न सोमबार सगरमाथा आधार शिविर प्रस्थान गर्नु भएको छ । प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि असमान्य सिजनमा सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न लागिएको टासिलाक्पा शेर्पाले बताउनुभयो । उहाँले आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतिर केन्द्रित गर्न आफूहरुको आरोहणले मद्दत गर्ने अर्का आरोही मिङतेम्बा शेर्पाको दावी छ । उहाँका अनुसार विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोहण) हुने गरेको छ । सन् १९८० मा र सन १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोहण) गरेको पाईन्छ । उनीहरुले झण्डै दुई महिना लगाएर क्लाईविङ (आरोहण) गरेका थिए । तर आफु...
निर्यातमुखी अर्थतन्त्र विकासमा सहकार्यको आवश्यकता

निर्यातमुखी अर्थतन्त्र विकासमा सहकार्यको आवश्यकता

उद्योग, जीवनशैली, पर्यटन, विजनेश, समाचार
रत्ननगर (चितवन) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आयात विस्थापन र निर्यात वृद्धि गर्न जोड दिनु भएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घ र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र ललितपुरको संयुक्त आयोजनामा सोमबारबाट रत्ननगरमा सुरु भएको पाँच दिने व्यापार, विश्लेषण तथा निकासी प्रर्वद्धनसम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधि भित्र्याएर उत्पादन बढाउन र निर्यातमुखी अर्थतन्त्रको विकासमा सबैले सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योग स्थापना गरी देशमा उत्पादन वृद्धि गर्ने र आयात विस्थापित गर्दै जाने नीति आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले समृद्धि उत्पादनसँग जोडिएको बताउँदै जनताको आवश्यकता पूरा गर्न र देशलाई समृद्ध बनाउन उत्पादन वृद्धि जरुरी रहेको बताउनुभयो । उहा...
नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालन हुने

नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालन हुने

पर्यटन, विजनेश, समाचार
काठमाडौं । स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यसाथ नेपालमा अर्थोपेडिक अस्पताल सञ्चालनमा आउने भएको छ । भारतको अहमदाबादमा रहेको अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि यस्तो अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौं, सूदुरपश्चिम र बुटवल गरी तीन स्थानमा अर्थोपेडिक अस्पताल सञ्चालन हुने जनाइएको छ । अस्पताल स्थापनाको २५ औं वर्षको अवसरमा शाल्बी अस्पतालले आयोजना गरेको कार्यक्रममा यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विक्रम शाहले नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्न अर्थोपेडिक अस्पताल विस्तार गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा. भरत गज्जरले नेपालमा सञ्चालनमा ल्याइने अस्पतालमा शल्यक्रिया गरेको तीनदेखि चार घन्टापछि बिरामी आफै हिँडेर जान सक्ने गरी आधुनिक प्रविधि ‘जिरो टेक्निकल’ द्वारा न्यूनतम चिरफार गरी शल्यक्रिया गरिने बताउनु भयो । नेपाल मेडिकल टुरिज्म अर्गनाइ...