Tuesday, July 28[email protected]
Shadow

नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालन हुने

काठमाडौं । स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यसाथ नेपालमा अर्थोपेडिक अस्पताल सञ्चालनमा आउने भएको छ । भारतको अहमदाबादमा रहेको अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि यस्तो अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौं, सूदुरपश्चिम र बुटवल गरी तीन स्थानमा अर्थोपेडिक अस्पताल सञ्चालन हुने जनाइएको छ ।


अस्पताल स्थापनाको २५ औं वर्षको अवसरमा शाल्बी अस्पतालले आयोजना गरेको कार्यक्रममा यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विक्रम शाहले नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्न अर्थोपेडिक अस्पताल विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक डा. भरत गज्जरले नेपालमा सञ्चालनमा ल्याइने अस्पतालमा शल्यक्रिया गरेको तीनदेखि चार घन्टापछि बिरामी आफै हिँडेर जान सक्ने गरी आधुनिक प्रविधि ‘जिरो टेक्निकल’ द्वारा न्यूनतम चिरफार गरी शल्यक्रिया गरिने बताउनु भयो ।
नेपाल मेडिकल टुरिज्म अर्गनाइजेसनका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा स्वास्थ्य पर्यटनको विकासका लागि स्वास्थ्य क्षेत्रको स्तरोन्नति आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.