Thursday, May 21[email protected]
Shadow

विजनेश

बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

विजनेश
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ । नेपालमै व्यवस्थापन तथा आई. टी. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरि सकेको छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्...
कोरोनाको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिइने ।

कोरोनाको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिइने ।

विजनेश, व्यानर न्यूज
पौष १६,काठमाण्डौ, सरकारले निजी क्षेत्रलाई समेत कोरोना भाइरस विरूद्धको खोप आपूर्ति गर्न अनुमति दिएको छ। बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई समेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए। उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी क्षेत्रलाई पनि खोप आपूर्ति गर्न दिने निणर्य नजिक पुगेको जानकारी दिए। उनले अब चाँडै नै त्यसबारे निणर्य हुने बताए। प्रवक्ता गौतमले निजी क्षेत्रले ल्याएको खोप पनि पहिले सरकारले प्राथमिकीकरण गरेको समूहलाई लगाइने जनाए। सरकारले सुरूमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई खोप लगाइने जनाएको छ...
नेपाल भारत पेट्रोल पाइपलाईनले पौने दुई अर्ब बचत

नेपाल भारत पेट्रोल पाइपलाईनले पौने दुई अर्ब बचत

विजनेश, व्यानर न्यूज
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)को संयुक्त लगानीमा निर्माण गरिएको पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ । निगमले मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्ष भदौ २४ बाट पाइपबाट डिजेल ढुवानी सुरु गरेको थियो। निगमको गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक आर्थिक प्रतिवेदन अनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ। यसरी हेर्दा एक महिनामा सरदर १४ करोड ७० लाख रूपैयाँ बचत हुन्छ। मासिक १४ करोड ७० लाखका दरले एक वर्षमा करिब एक अर्ब ७६ करोड रूपैयाँ बचत भएको देखिन्छ। पाइपबाट डिजेल ल्याउन थालेको १५ महिना पूरा भ...
सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न

सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न

विजनेश
काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउनुपर्ने उनको भनाइ छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराखिने बताए । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराथ थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए । नेपाल सहकारी पत्...
दाङको हापुरेमा ग्लोवल आईएमई बैंकको शाखारहित सेवा

दाङको हापुरेमा ग्लोवल आईएमई बैंकको शाखारहित सेवा

विजनेश
दाङ, पुस ११ । दाङको बबई गाउँपालिका वडा नं. ४ हापुरेमा ग्लोवल आईएमई बैंकको शाखा रहित बैंकिङ् सेवा स्थापना गरिएको छ । बैंकको २४३ औं शाखारहित सेवाका रुपमा हापुरेमा शनिबार स्थापना गरिएको हो । शाखारहित बैंकका सञ्चालक राज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख उमङ्ग अधिकारीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि सेवा स्थापना गरिएको हो । ...