Thursday, May 21[email protected]
Shadow

खेलकुद

रौतहट को माओवादी केन्द्र इन्चार्ज समीर भट्टराई द्वारा स्वास्थ समाग्री हस्तांतरण

रौतहट को माओवादी केन्द्र इन्चार्ज समीर भट्टराई द्वारा स्वास्थ समाग्री हस्तांतरण

खेलकुद
रौतहट जेष्ठ-२९ नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले जनाएकाे छ ।...
गौरी शंकर यादव कप को फाइनल मैचमा पर्सा ले रौतहट लाई पराजित गरिएको छ।

गौरी शंकर यादव कप को फाइनल मैचमा पर्सा ले रौतहट लाई पराजित गरिएको छ।

खेलकुद
माघ-२३ रौतहट पवन राज गुप्ता गौरमा गौरीशंकर यादव क्रिकेट कपमा पर्सा र रौतहट टिम विच भएको फाइनल खेलमा पर्साको टिम विजयी भएको छ । रौतहट को राइस मिल ग्राउंडमा गौरी शंकर यादव मेमोरियल र रौतहट क्रकेट संघ को सहकार्यमा आयोजना गरिएको क्रिकेट टूर्नामेंट को तेस्रो संस्करण को फाइनल मैचमा पर्सा टीम ले रौतहट लाई ४०रन ले पराजित गरिएको छ। पर्सा टीम ले टॉस जितेर पहिलो बैटिंग गर्दे २०ओवरमा १७५ बनाएको थिए ।लक्ष्य को पीछा गर्दा रौतहटटीम ले आफ्नो सबै गुमाई १३५रन बनाएको थिए।सो खेलमा पर्सा टीम को टीम कैप्टेन सूरज पटेल ले ५५बॉल मा ८५रन को पारी खेलको थिए। रौतहट को तर्फ बाट सनी शाह ले ३ र राजन पटेल ले २विकेट लिएको थिए। रौतहट तर्फ बाट जितेन्द्र मुखिया ले ४ओवरमा मात्र २०रन दिएको थिए ।रौतहट को टीम बाट अस्चल चौधरी २०रन र डब्लू मालिक ले ३०रन र राष्ट्रीय खेलाडी जितेंद्र मुखिया ले २छका प्रहार गरेको थिए।...
आदिल खानको दोहोरो शतक ।

आदिल खानको दोहोरो शतक ।

खेलकुद, व्यानर न्यूज
  पुस १६, काठमाडौं । प्रधामन्त्री (पीएम) कप राष्ट्रिय पुरुष प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका लागि खेलेका आदिलले घरेलु टोली त्रिभुवन विश्वविद्यालय (टीयू) को टिम विरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । आदिलले २०१ रन बनाए । घरेलु क्रिकेटमा यसअघि मेहबुब आलमले एकै खेलमा नटआउट २५६ रन बनाएका थिए । सन् २००५ मा इस्टर्न रिजन स्तरीय खेलमा मेहबुबले उदयपुर विरुद्ध २५६ रन बनाएका थिए । उनले १२३ बल खेल्दै २६ चौका र १८ छक्का प्रहार गरेका थिए । ४० ओभरको खेलमा ओपनिङ गरेका आदिलले २०१ रन बनाए । उनले १२१ बल खेल्दै १६ चौका र १५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट मात्रै १५२ रन बनाएका हुन् । पहिलो विकेटका लागि आदिल...
बंगलादेशले साफ फुटबल आयोजन गर्ने

बंगलादेशले साफ फुटबल आयोजन गर्ने

खेलकुद, व्यानर न्यूज
साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशले आयोजन गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निणर्य गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ । महिला यू-१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू-१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निणर्य गरेको छ । यस्तै  पुरुषतर्फ साफ यू-१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू-१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निणर्य गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन...
जिल्लाकै नमुना खेलमैदान बृन्दावन नगरपालिका अन्तर्गत निर्माण हुने– मेयर यादव

जिल्लाकै नमुना खेलमैदान बृन्दावन नगरपालिका अन्तर्गत निर्माण हुने– मेयर यादव

खेलकुद
‌मंसिर-९ रौतहट रिपोटर् अभिमनु कुमार पटेल। रौतहट जिल्ला अन्तर्गत बृन्दावन नगरपालिकामा आज नगर स्तरीय बृन्दावन प्रिमियर टि–२० नकआट क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । श्री जनशक्ति युवा क्रिकेट क्लब टिम बिश्रामपुरको आयोजना र बृन्दावन नगरपालिकाको सहयोगमा सुरु गरिएको खेलको उद्धघाटन नगर प्रमुख रामस्नेही राय यादवले गरेका छन । युवाहरुको मनोबल उच्च पार्न उदेश्यको साथ प्रत्येक बर्ष आफनो नगर भरीमा वडा स्तरीय क्रिकेट खेलको आयोजना गराई त्यस मध्ये बिजयाता हुने टिमलाई नगर स्तरीय प्रतियोगितामा सहभागि गराउदै आईरहेका नगर प्रमुख यादवले बताए । शिक्षा, स्वास्थ्य जस्तै मानिसको जीवनमा अति महत्वपूर्ण खेत प्रतियोगिता भएको हुनाले अब देखि नगर भरीको युवा खेलाडीहरुलाई नियम अनूकुल छानेर बाहिरबाट खेल सम्बन्धि जानकार प्रशिक्षक बोलाई तालिक समेतको व्यवस्थापन गरी प्रशिक्षण गराउने उहाँले प्रतिबद्धता जनाएका छन । ...