दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ
काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपव...
