Monday, November 23[email protected]
Shadow

सूचना प्रविधि

एप्पलको प्राथमिकता क्यामेरामा

एप्पलको प्राथमिकता क्यामेरामा

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
अघिल्लो मंगलवार अर्थात् भदौ २४ गते अमेरिकी प्रविधि कम्पनी एप्पलले आईफोन ११ को सेरिज सार्वजनिक गर्‍यो । उसले सार्वजनिक गरेका यी स्मार्टफोन क्यामेरामा बढी केन्द्रित भएको देखिएका छन् । त्यसो त यो स्मार्टफोनबाट सन्देश पठाउने, एप डाउनलोड गर्ने र भिडियो कल गर्नेजस्ता काम गर्न सकिन्छ । तर एप्पलले यो स्मार्टफोनलाई शक्तिशाली फोटोग्राफी मेशिनको रूपमा विकास गर्न बढी समय तथा लगानी खर्चिएको छ । आईफोन ११ मा क्यामेरालाई दिएको प्राथमिकताले कम्पनी आप्mनो व्यापार विस्तारका लागि क्यामेरामा जोड दिने योजनामा अघि बढेको देखिन्छ । क्यामेरामा सुधार गर्दै प्रतिस्पर्धी चिनियाँ कम्पनी हुवावेई तथा दक्षिण कोरियाली कम्पनी सामसङलाई चुनौती दिन सक्ने अवस्थामा एप्पल पुगेको छ । यद्यपि यी कम्पनीको केही स्मार्टफोनको क्यामेरा आईफोनको भन्दा राम्रो रहेको प्रविधि विश्लेषकहरू बताउँछन् । एप्पलले १०० मिनेटको पत्रकार सम्मेलनमा आफ्नो...
ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
दक्षिण कोरिया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस १० को नयाँ संस्करण ल्याउने योजना बनाइरहेको छ । यो फोन ग्यालेक्सी एस १० लाइट हुन सक्ने र अलि सस्तो हुने अनुमान गरिएको छ । यस फोनमा ४५ वाटको फाष्ट चार्जिङ हुने अपेक्षा गरिएको छ । यसमा ग्यालेक्सी ए९१ मा भएको जस्तै चिप अर्थात् स्न्यापड्र्यागन ८५५ हुन सक्ने अफवाह चलेको छ । फोनमा ८ जीबीको र्‍याम भएपनि यसलाई बढाएर १ सय २८जिबीसम्म पुर्‍याउन सकिनेछ । फोनको मुख्य क्यामरा ४८ एमपीको हुने, १२ एमपीको अल्ट्रा–वाइड लेन्स र ५ एमपीको डेप्थ सेन्सर र जीएसएमएरेना हुन सक्ने बताइएको छ । फोनको अगाडि पट्टीको सेल्फी क्यामरा भने ३२ एमपीको हुन सक्ने छ । ४५ वाटको फाष्ट चार्जिङलाई टेवा दिन मोबाइलमा ४ हजार ५ सय एमएएचको ब्याट्री राखिने अपेक्षा छ । फोनको डिस्प्ले ६ दशमलव ७ इञ्चको हुने अनुमान छ ।...
भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा बढ्यो

भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा बढ्यो

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
भारत । चिनियाँ प्रवधि कम्पनी शाओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी हो । पछिल्ला केही वर्षमा भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा ह्वात्तै बढेको छ । शाओमीले २ साताअघि भारतमा ‘फ्ल्याश सेल’मा राखेको नयाँ मोडलको रेडमी नोट ८ अनलाइनमा १५ मिनेटभित्र बिकिसकेको थियो । यसले पनि त्यहाँ शाओमीको व्यापार कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ । प्रविधि पत्रकार माला भर्गाभा शुरूमा अनलाइनमा रजिस्टर गरेर फ्ल्याश सेलमा आँखा दौडाउने जो कोही आकर्षित हुने बताउँछिन् । शाओमीले अन्य अफलाइन स्टोरबाट पनि मोबाइल विक्री गर्दै आएको छ । तर ती सबै मोडल शुरूमा अनलाइनमा विक्री गरिन्छ । उक्त मोडलको आधाभन्दा बढी व्यापार अनलाइनबाटै हुने गर्छ ।अनलाइन समुदायलाई यो ब्रान्डले आफूमा यसरी तान्नु आश्चर्यजनक रहेको दूरसञ्चार प्रविधि कम्पनी कन्जर्भेन्स क्याटलिस्टका जयन्त कोला बताउँछन् । शाओमीको प्रवेश भारतमा सन् ...
ग्रामीण दूरसञ्चार विकास कोषमा दुई अर्ब संकलन

ग्रामीण दूरसञ्चार विकास कोषमा दुई अर्ब संकलन

विजनेश, समाचार, सूचना प्रविधि
काठमाडौं । नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्रामीण दूरसञ्चार कोष ९आरटीडीएफ०मा करीब २ अर्ब रुपैयाँ दाखिला गरेका छन् । असोज मसान्तसम्ममा ६९ कम्पनीले कोषमा १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ बुझाएका हुन् । यीमध्ये अर्बमा रकम बुझाउने एउटा टेलिकम अपरेटर कम्पनी रहेको छ भने करोडभन्दा बढी रकम बुझाउनेमा दुई टेलिकम अपरेटर र तीन इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । दूरसञ्चार ऐन अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीहरूले आप्mनो कुल आम्दानीको २ प्रतिशतले हुन आउने रकम कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम दूरसञ्चार सेवाप्रदायकले उक्त कोषमा रकम जम्मा गर्दै आएका छन् । यसरी जम्मा भएको रकम विभिन्न दूरसञ्चार परियोजनामा खर्च हुने गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार कोषमा सबैभन्दा बढी रकम बुझाउनेमा मोबाइल सेवाप्रदायक अगाडि छ...
ट्विटर सीईओको यु टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त

ट्विटर सीईओको यु टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त

समाचार, सूचना प्रविधि
फेसबुकमा आफूले राखेको स्टाटस तथा गरेका कमेन्टहरू इडिट गर्न सकिन्छ । तर ट्विटरमा चाहिँ एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन । आफ्नो ट्विटमा गलत लेखिएको भएमा वा भाषा मन नपरेमा सच्याउन नसकिने भएको हुँदा डिलिट गर्नुमात्र अन्तिम विकल्प हुन्छ । प्रयोगकर्ताहरूले लामो समयदेखि ट्विटरमा मिस गरिरहेको एउटा महत्त्वपूर्ण फिचर नै यहीँ इडिट फिचर हो । गत वर्ष ट्विटरका सीईओ ज्याक डोर्सी स्वयंले ट्विटरमा इडिट बटन छिट्टै नै उपलब्ध हुने बताएपछि ट्विटर प्रयोगकर्ताहरू इडिट बटनको व्यग्र प्रतीक्षा गरिरहेका थिए । तर ट्विटर प्रयोगकर्ताको त्यो आशामा तुषारापात भएको छ । माइक्रो ब्लगिङ साइटमा इडिट बटन थप्ने आफ्नो पूर्व योजनाबाट ट्विटर युटर्न भएको छ । एक वर्ष अघिको आफ्नै वाचा तोड्दै ट्वीटर सीईओ डोर्सीले ट्विटरमा सायद कहिल्यै पनि इडिट फिचर उपलब्ध नहुने प्रष्ट पारेका छन् । हालैको एक अन्त...