Thursday, May 21[email protected]
Shadow

ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा आज सार्वजनिक गरेको छ।
यस अघि मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो।
यसको मूल्य ३५ हजार ४ सय ९० तोकेको छ।


ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो ।
उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो। रंगले कुनै न कुनै तवरमा मानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।”, नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ ११ का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ”
यस एफ ११ सिरिजका स्मार्टफोनका नयाँ फिचर्समा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताको प्रस्तुत गर्दछ तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्राविधिहरुका लागि निकै उत्कृष्ट प्रदान गर्दछ। फोनमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ। ओपोको एफ ११ सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ । नयाँ सिरिजले ओपोलाई समेत “सेल्फी एक्स्पर्ट”बाट ब्रिलियन्ट “पोट्रेट ईन लो लाइट”का रुपमा स्तरोन्नती गरिदिएको मानिन्छ।

Leave a Reply

Your email address will not be published.