Thursday, May 21[email protected]
Shadow

कोरोनाको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिइने ।

पौष १६,काठमाण्डौ, सरकारले निजी क्षेत्रलाई समेत कोरोना भाइरस विरूद्धको खोप आपूर्ति गर्न अनुमति दिएको छ। बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई समेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए। उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी क्षेत्रलाई पनि खोप आपूर्ति गर्न दिने निणर्य नजिक पुगेको जानकारी दिए। उनले अब चाँडै नै त्यसबारे निणर्य हुने बताए। प्रवक्ता गौतमले निजी क्षेत्रले ल्याएको खोप पनि पहिले सरकारले प्राथमिकीकरण गरेको समूहलाई लगाइने जनाए। सरकारले सुरूमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई खोप लगाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published.