Thursday, May 21[email protected]
Shadow

Author: admin

ब्लाईन्ड रक्सको ७ औं वार्षिकोत्सव सम्पन्न

ब्लाईन्ड रक्सको ७ औं वार्षिकोत्सव सम्पन्न

समाचार
काठमाडौं, जेठ २३ । कोरोना संक्रमणको महामारीले सबैलाई स्तव्ध बनाईरहेको बेला ब्लाईन्ड रक्स नामक संस्थाले भर्चुअल कार्यक्रम गरी आफ्नो ७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चार सय जना सहभागी सो कार्यक्रममा दृश्य संचारमा आपङ्गता भएका व्यक्तिलाई मुलधारमा कसरी अगाडि बढाउने भन्ने विषयमा समुह छलफल गरिएको थियो । बरिष्ठ संचारकर्मी दिलभुषण पाठकले अपांङ्गता भएका मानिसका फरक क्षमतालाई सपोर्ट गर्न सकेमा उनिहरुको वास्तविक क्षमतालाई उजागर गर्न सकिने बताउनु भयो । यसैगरी वहाँले मिडियाहाउसहरु अझैपनि अपांगमैत्री नभएको गुनासो गर्दै आफुले काम गर्ने मिडिया हाउसहरुलाई अपांगमैत्रि बनाउन पहल गरेर सफल पनि भएको स्मरण समेत गर्नु भयो । दिष्टिविहिन भएका धेरै व्यक्तिहरुले आँखा देखेर पनि जिवनको महत्वलाई देख्न नसकेका धेरैलाई आँखा देखाईदिने काम गरको बताउनुभयो । यसैगरी नायिका स्वस्...
प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गर्भनरमा बस्नेत

प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गर्भनरमा बस्नेत

समाचार
काठमाडौं, जेठ २२ गते । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज नेपाल प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ । सन् २०२१-२०२२ को लागि लिउथिनियन गभर्नरमा बस्नेत भर्चुअल जुम मिटिङबाट भएको निर्वाचनमा उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको किवानिज क्लव सिन्धोपाल्चोकका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले जानकारि दिनु भएको छ । यस्तै काठमाडौं बाटिकाबाट शरदकुमार दाहाल इलेक्ट लिउथिनियन गभर्नरमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । सो भर्चुअल जुम मिटिङमा किवानिज नेपालका गभर्नर मोहन लम्सालले किवानिज नेपालको गठन र यसको उदेश्यका साथै नेपाल भर यस्ले बालबालिका क्षेत्रमा गरेका कार्यक्रमहरूका बारेमा चर्चा गर्नुभएको थियो । नवनिर्वाचित लिउथिनियन गभर्नर बस्नेतले किवानिज नेपालका सम्पूर्ण पदाधिकारी, प्रदेश ३ पूर्वका गभर्नरका साथै किवानिस क्लबका सम्पूर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा.हरि पौडेल सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा.हरि पौडेल सिफारिस

समाचार
काठमाडौ, वैशाख २७ । संवैधानिक परिषदको आईतबारको बैठकले राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेललाई खालि रहेको अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको छ।उनिसँगै रिक्त रहेको अर्को आयुक्तमा डा. सुमित्रा अमात्यलाई सिफारिस गरेको संवैधानिक परिषद स्रोतले जनाएको छ। को हुन डा.पौडेल ? बाग्लुङ्ग स्थायी घर भएका पौडेल २०४३ सालमा निजामती सेवामा प्रवेश गरी करीव ३४ बर्ष निजामति सेवामा बिताइसक्नुभएको छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका साथै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गरिसकेका पौडेल कर्मचारी वृतमा कर्तव्यनिष्ठ, ईमान्दार र स्वच्छ छविका पर्यायका रुपमा चिनिनुहुन्छ।चर्चमा आउन नचाहने र आफ्नो काममा ईमान्दार रुपमा खटि रहने स्वभावका उनी सधै कम आकर्षक मानिने ...
दाङका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै

दाङका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै

समाचार
दाङ, फागुन ९ गते । दाङका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल सरकारको आई.सी.टी. कार्यक्रमअन्तर्गत् जिल्लाका सामुदायिक विद्यालयहरु प्रविधिमैत्री बन्दै गएका हुन् । जिल्लाको घोराही उपमहानगरपालिका धर्नास्थित मेहन्द्र माध्यमिक विद्यालयले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षा सञ्चालन गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि अधिकारीले नेपाल सरकारको आई.सी.टी. कार्यक्रमअन्तर्गत प्रविधिमैत्री शिक्षा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । ‘हामीले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षालाई जोड दिँदै आएका छौं’, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘प्रविधिमैत्री शिक्षाले विद्यार्थीहरुलाई पढाइतर्फ आकर्षित बनाउनुका साथै शैक्षिक सुधारमा सहयोग पुगेको छ । विद्यार्थीहरु विद्यालयमा नियमित आउन थालेका छन् ।’ लामो प्रयासपछि विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयास सफल भएको भन्दै प्रधानाध्य...
बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै

विजनेश
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ । नेपालमै व्यवस्थापन तथा आई. टी. तर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरि सकेको छ । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्...