Sunday, November 22[email protected]
Shadow

Author: admin

सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न

सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न

विजनेश
काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउनुपर्ने उनको भनाइ छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो । जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराखिने बताए । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराथ थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए । नेपाल सहकारी पत्...
दधिराज पुरस्कारबाट वरिष्ठ गीतकार कोइराला र पत्रकार विरही पुरस्कृत हुने

दधिराज पुरस्कारबाट वरिष्ठ गीतकार कोइराला र पत्रकार विरही पुरस्कृत हुने

साहित्य
काठमाडौँ, पुस ११ गते । वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरही, दधिराज सुवेदी पुरस्कार २०७७ बाट पुरस्कृत हुने भएका छन्। ५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार कवि एसपी कोइरालालाई र र २५ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहिलाई दिने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको जनाइएको छ। वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा उनका छोराहरू शरदराज र रुपकराजले १५ लाखको अक्षय कोषसहित सो पुरस्कार स्थापना गरेका हुन्। प्रतिष्ठनले हरेक वर्ष दुईजना विशिष्ट ब्यक्तिलाई कोषको ब्याजबाट पुरस्कृत गर्दै आएको छ । पुरस्कार बाट यस अघि साहित्यकारहरु प्रा डा गोबिन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधव प्...
दाङको हापुरेमा ग्लोवल आईएमई बैंकको शाखारहित सेवा

दाङको हापुरेमा ग्लोवल आईएमई बैंकको शाखारहित सेवा

विजनेश
दाङ, पुस ११ । दाङको बबई गाउँपालिका वडा नं. ४ हापुरेमा ग्लोवल आईएमई बैंकको शाखा रहित बैंकिङ् सेवा स्थापना गरिएको छ । बैंकको २४३ औं शाखारहित सेवाका रुपमा हापुरेमा शनिबार स्थापना गरिएको हो । शाखारहित बैंकका सञ्चालक राज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख उमङ्ग अधिकारीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि सेवा स्थापना गरिएको हो । ...
विपिनको खास लाग्न थाल्यौँ…मा विशाल र सरिताको खास अभिनय (हेर्नुस भिडियो)

विपिनको खास लाग्न थाल्यौँ…मा विशाल र सरिताको खास अभिनय (हेर्नुस भिडियो)

मनोरन्जन
काठमाडौँ । गायक तथा संगीतकार विपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं…को भिडियो मंगलबार युट्युबमार्फत रिलिज गरेका छन् । दुई दशकदेखि गायनमा सक्रिय विपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । यो गीतमा उनी आफैंले संगीत गरेका छन् । गीतलाई नारायणप्रसाद सापकोटाले लेखेका हुन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ भने मिक्सिङ शम्भुकुमार तन्डुकारले गरेका छन् । यो संयोगान्त गीत निको रोमाञ्चक बनेको छ । जसमा अभिनेता विशाल पोखरेल र गायिकाको रूपमा परिचित मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुईको अभिनय आकर्षक देखिएको छ । भिडियोलाई कथानक शैलीमा ढालिएको छ । गीतको अवधारणाअनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका नायकलाई उठाएर उद्दार गर्दा नायक र नायिकाबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई गीतकार त...
तीर्थ निरौलाका अनलाइन कला प्रदर्शनी

तीर्थ निरौलाका अनलाइन कला प्रदर्शनी

साहित्य
काठमाडौँ, कात्तिक ४ । कोरोना संक्रमणको कहरले राष्ट्रका हरेक क्षेत्रहरु अहिले प्रभावित भएका छन् । उद्योग, व्यवसाय, सामजिक रहनसहन सँगसँगै कलाका गतिविधीहरु यसको प्रत्यक्ष मारमा परेका क्षेत्रमध्ये पर्दछन् । कलाका धेरै विधाहरु जस्तै ललिल कलाको क्षेत्र पनि यसको आर्थिक चपेटमा परेको देखिन्छ । कलाकारहरुले सिर्जना त गरेका छन्। तर कला प्रदर्शन गर्ने ग्यालरीहरु बन्द छन् । वास्तवमा राज्यबाटै उपेक्षित गरिएको भन्ने गरिएको कला र कलाकार र तिनका कलागत गतिविधी गर्ने र कलाकृतिहरु बेचविखान गर्ने ग्यालरीलाई कोरोनालेपूर्णरुपमा असर पारेको छ । यद्यपि यतिखेर कलाकारहरुले परिस्थितीका कारण कृतिहरु देखाउने विकल्प बनाएका देखिन्छन् । त्यो विकल्प हो, अनलाईन प्रदर्शनी । यसै सन्दर्भमा गत शनिवारदेखि कलाकार तथा कला समीक्षक तीर्थ निरौलाको एक व्यक्ति अनलाईन अर्थात् भर्चुअल कला प्रदर्शनीको शुभारम्भ भएको छ । कार्यक्रम क्लासिक ...