Sunday, November 22[email protected]
Shadow

तीर्थ निरौलाका अनलाइन कला प्रदर्शनी

काठमाडौँ, कात्तिक ४ । कोरोना संक्रमणको कहरले राष्ट्रका हरेक क्षेत्रहरु अहिले प्रभावित भएका छन् । उद्योग, व्यवसाय, सामजिक रहनसहन सँगसँगै कलाका गतिविधीहरु यसको प्रत्यक्ष मारमा परेका क्षेत्रमध्ये पर्दछन् । कलाका धेरै विधाहरु जस्तै ललिल कलाको क्षेत्र पनि यसको आर्थिक चपेटमा परेको देखिन्छ । कलाकारहरुले सिर्जना त गरेका छन्। तर कला प्रदर्शन गर्ने ग्यालरीहरु बन्द छन् । वास्तवमा राज्यबाटै उपेक्षित गरिएको भन्ने गरिएको कला र कलाकार र तिनका कलागत गतिविधी गर्ने र कलाकृतिहरु बेचविखान गर्ने ग्यालरीलाई कोरोनालेपूर्णरुपमा असर पारेको छ । यद्यपि यतिखेर कलाकारहरुले परिस्थितीका कारण कृतिहरु देखाउने विकल्प बनाएका देखिन्छन् । त्यो विकल्प हो, अनलाईन प्रदर्शनी ।

यसै सन्दर्भमा गत शनिवारदेखि कलाकार तथा कला समीक्षक तीर्थ निरौलाको एक व्यक्ति अनलाईन अर्थात् भर्चुअल कला प्रदर्शनीको शुभारम्भ भएको छ । कार्यक्रम क्लासिक ग्यालरी, ललितपुरले आयोजना गरिएको थियो । जसमा नँया पुराना गरी २२ चित्रहरु राखिएका छन् । यो भर्चुअल प्रदर्शनीका चित्रहरु ग्यालरीको आधिकारिक युट्युब च्यानल, ईन्टाग्राम लगायतका साईटहरुमा भेट्न सकिन्छ ।
तीन दशकदेखि कलाकर्ममा सार्वजनिक रुपमा देखा परेका कलाकार निरौला नेपाली कलामा एक स्थापीत र परिचित नाम हो । स्वदेश र विदेशमा दशौं पटक एकल प्रदर्शनी गरि सकेका तीर्थको यो प्रदर्शनी एधारौं हो । कलाकारितासंगै कला विकाशमा ध्यानमग्न सक्रिय रहने तीर्थ निरौलाले कलाक्षेत्रमा लागेकाले नै अरनिको युवा कला पुरस्कार, राष्ट्रिय कला पुरस्कार, राष्ट्रिय ललितकला लेखन पुरस्कार, क्षेत्रीय उत्कृष्ट पुरस्कार, धरान उपमहानगर पालिकाबाट धरान सम्मान, धरान साहित्य महोत्सवबाट साहित्य सम्मान लगायतका अन्य पुरस्कार र सम्मान पाएका छन् ।
कलाकार निरौलाले यो प्रदर्शनी गर्नुको उदेश्यको सन्दर्भमा भन्छन् – “यस्तो भर्चुअल प्रदर्शनीले ग्यालरीमा पुगेर कला हेर्ने बानी परिसकेका दर्शकहरुलाई केही हदसम्म चित्र हेर्ने बानीमा खुराक दिंदै, दर्शकको चाहलाई निरन्तरता दिनु हो । भलै यस्तो प्रदर्शनीबाट प्रत्यक्ष ग्यालरी पुगेर चित्र हेर्नुको जस्तो त नहोला तर पनि दर्शकलाई केही राहत भने महशुस हुन्छ ।”
कलाकार तीर्थ निरौला आधुनिक शैलीमा कला गर्ने कलाकार हुन् । उनी आफ्ना चित्रलाई अर्धअमूर्त शैलीका चित्र भन्न रुचाउछन् । प्रायः उनका चित्रहरुमा गणेश, नारी, पीडा, दया, प्रकृतिको भावभंगिमा देखिन्छ । चित्रशैलीमा आफनोपन देखिन्छ । यस प्रदर्शनीमा उनले गणेशको हाउभाउ, नारी र प्रकृतिसंगको सहअस्तित्व, पुरुष र महिला बीचको प्रेमिल भावना, मातृत्व र महिला स्वतन्त्रताको उठान गरेको देखिन्छ । आफना चित्रमा रंग, रेखा, विषय, भावलाई जोड दिने निरौला टेक्चर प्रभावलाई आफनो चित्रको मुटु मान्दछन् ।
भर्चुअल प्रदर्शनीको सन्दर्भ र औचित्यको अर्थमा क्लासिक ग्यालरीकी क्युरेटर सरिता डंगोल भन्छिन् – “यस्तो प्रदर्शनीले स्वदेशी कलाकृतिहरु विदेशी कलामञ्चको आखासम्म सजिलै पुग्न सक्छ । हाम्रो देशमा र अन्तराष्ट्रिय जगतको कलाको बिचमा के कस्तो टे«ण्डको विकास हुदैछ भन्ने दुईपक्ष बिच भर्चुल माध्यमबाट देखेर र देखाइर बुझन र बुझाउन सकिने छ । त्यसैले यो प्रकृया आजका कलाकारलाई महत्वपूर्ण छ ।”

Leave a Reply

Your email address will not be published.