Thursday, May 21[email protected]
Shadow

दधिराज पुरस्कारबाट वरिष्ठ गीतकार कोइराला र पत्रकार विरही पुरस्कृत हुने

काठमाडौँ, पुस ११ गते । वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरही, दधिराज सुवेदी पुरस्कार २०७७ बाट पुरस्कृत हुने भएका छन्।


५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार कवि एसपी कोइरालालाई र र २५ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहिलाई दिने निर्णय गरेको छ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको जनाइएको छ। वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुबेदीको सम्मानमा उनका छोराहरू शरदराज र रुपकराजले १५ लाखको अक्षय कोषसहित सो पुरस्कार स्थापना गरेका हुन्।

प्रतिष्ठनले हरेक वर्ष दुईजना विशिष्ट ब्यक्तिलाई कोषको ब्याजबाट पुरस्कृत गर्दै आएको छ । पुरस्कार बाट यस अघि साहित्यकारहरु प्रा डा गोबिन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधव प्र पोखरेल र पत्रकारहरू किशोर नेपाल, हरिबहादुर थापा,शिव बा कार्की पुरस्कृत भइसकेका छन्।

विसं २०७६ सालको लागि घोषणा गरिएको पुरस्कार कोरोनाका कारण वितरण गर्न नसकिएकोले आगामी माघ महिनामा आयोजना गरिने समारोहमा नै वितरण गरिने छ। २०७६ का लागि साहित्यतर्फको पुरस्कार डा विष्णुबिभु घिमिरेलाई र पत्रकारिता पुरस्कार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय भइसकेको छ।

Leave a Reply

Your email address will not be published.