Sunday, November 22[email protected]
Shadow

Author: admin

किवानिज सिन्धुपाल्चोकद्वारा अनाथ बालबालिकाहरुलाई खाना र खाजा

किवानिज सिन्धुपाल्चोकद्वारा अनाथ बालबालिकाहरुलाई खाना र खाजा

समाचार
काठमाडौं, असोज २० गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले अनाथ बालबालिकालाई खाजा खुवाएको छ । सोमबार काठमाडौको कागेश्वरी नगरपालिका मनहरा स्थित शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई क्लबका अध्यक्ष सुमित्रा बस्नेतको जन्मदिनको अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । आफ्नो जन्मदिनलाई किवानिज कार्यक्रमलाई प्रोत्साहित गर्दै शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई जन्मदिनको अवसरमा केक सहित खाना, खाजा खुवाइ आफ्नो कार्यकालको कार्य शुभारम्भ गरेको अध्यक्षा बस्नेतले जानकारी दिनुभयो । उहाँले क्लबले कोभिडको कहरमा किवानिस नेपाल डिस्ट्रिकको निर्देशन मान्दै सिमित व्यक्तिको उपस्थितिमा कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् यसरी बालबालिकाको क्षेत्रमा सहयोगका कार्यक...
तीन सय विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

तीन सय विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

समाचार
सिन्धुपाल्चोक, असोज १३ गते बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले तीन सय विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । किवानिज इन्टरनेसनल चिल्ड्रेन फण्डको सहयोगमा किवानिज क्लब सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका वडा २ कर्थली, वडा ३ खाग्दल, सेतिदेबी पञ्कन्या आधारभूत विद्यालय बाह्रबिसे, भैरबकुण्ड आधारभुत विद्यालय भोटेकोशि गाउँपालिका लार्चा लगायतका तीन सय विद्यार्थीहरुलाई कपि, कलम, ट्याक्सुट, स्कुल ब्याग वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम हाल सञ्चालन भइरहेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा किवानिज क्लव सिन्धुपाल्चोकका अध्यक्ष दानोर्बु शेर्पाल...
सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग, साग स्वर्ण विजेता सम्मानित

सृजनशिल बाल सेवा परिवारलाई जुडो म्याट सहयोग, साग स्वर्ण विजेता सम्मानित

खेलकुद
काठमाडौँ, असोज ११ गते । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो । सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गर्नुभएको थियो । गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिनुभएको थियो । सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो । करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका स...
विश्व साईकल सम्मेलनमा कला कार्यशाला

विश्व साईकल सम्मेलनमा कला कार्यशाला

मनोरन्जन
काठमाडौै, असोज ४ गते । संसार कोरोनाको प्रकोपबाट आक्रान्त भएको अवस्थामा सबै जसो सार्वजनिक सभा समारोह स्थगित भए । खेलकुद पनि यसबाट अछुतो रहेन । यसै वर्ष १ सय ७० देशका ७ हजार भन्दा बढि साइकल यात्री सहभागी रहने तय भएको विश्व साइकल सम्मेलन–२०२० अन्योलमा प¥यो । कोभिड–१९ का कारण भौतिक रुपमा सम्भव नभए पनि अनलाइन मार्फत विभिन्न कार्यक्रम आयोजना गरिदैँछ । असोज ४ गते प्रधानमन्त्रीको सम्बोधनबाट शुरु भएको सम्मेलनमा दोश्रो दिन नेपालका प्रख्यात चित्रकारहरुको समुहले कला कार्यशाला गरे । कला र खेलकुदले मानिसलाई सदैव सकारात्मक बनाउन पहल गर्ने बताउँदै कार्यशालामा सिमित कलाकारहरुमात्र सहभागी गराइएको जानकारी सम्मेलनका संयोजक तथा विश्व साइकल यात्री पुस्कर शाहले जानकारी दिनुभयो । कार्यशालामा सिर्जित कलालाई कुनै उपयुक्त समयमा प्रदर्शनी गरिने समेत उहाँले जानकारी दिनुभयो । कार्यशालामा पुस्कर शाहका साथमा ओम गुरुङ, ...
पर्यटन बोर्डका प्रमुखलाई सम्हालिएर बोल्न टानले दियो चेतावनी

पर्यटन बोर्डका प्रमुखलाई सम्हालिएर बोल्न टानले दियो चेतावनी

समाचार
काठमाडौं, १४ भाद्र – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्वतीय पर्यटन र यससँग आबद्ध पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले आज आइतबार विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ । गत भाद्र १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवासँगको कुराकानीका क्रममा रेग्मीले विवादास्पद र तल्लो स्तरको भाषा प्रयोग गरेको टानद्वारा जारी वि ज्ञप्तीमा उल्लेख गरिएको छ । कोभिड–१९ को संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहात तथा पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन पर्ने जिम्मेवार निकायका पदाधिकारीबाट व्यक्त यस भनाइको पूर्णरुपले घोर भत्र्सना गर्दै सार्वजनिक रुपमा माफी मागी गल्ती सच्याई अघि बढ्न टानले आग्रह गरेको छ । ‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसा...