Thursday, July 30[email protected]
Shadow

तीन सय विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

सिन्धुपाल्चोक, असोज १३ गते

बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले तीन सय विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
किवानिज इन्टरनेसनल चिल्ड्रेन फण्डको सहयोगमा किवानिज क्लब सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका वडा २ कर्थली, वडा ३ खाग्दल, सेतिदेबी पञ्कन्या आधारभूत विद्यालय बाह्रबिसे, भैरबकुण्ड आधारभुत विद्यालय भोटेकोशि गाउँपालिका लार्चा लगायतका तीन सय विद्यार्थीहरुलाई कपि, कलम, ट्याक्सुट, स्कुल ब्याग वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम हाल सञ्चालन भइरहेकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा किवानिज क्लव सिन्धुपाल्चोकका अध्यक्ष दानोर्बु शेर्पाले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो । उहाँले विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरणका लागि विशेष पहल गर्नु भएकोमा किवानिज नेपालका अध्यक्ष सुजन श्रेष्ठ र चिल्ड्रेन फण्डका अध्यक्ष दामोदर ढकाललाई धन्यवाद ज्ञापन गर्नुभयो ।
किवानिज क्लव सिन्धुपाल्चोकका पूर्व अध्यक्ष सुजित बस्नेतले आउने केही दिनमै बाढीपिडीत क्षेत्र जुगल गाउँ पालिकाको लिदिमा ७० जना बालबालिका र बाह्रबिसे नगरपालिका वडा नम्वर ७ को नागपुजेमा रहेको पीडित बालबालिकालाई पनि यस क्लबबाट सहयोग गर्ने जानकारी दिनुभयो ।
यस्तै, किवानिज क्लव सिन्धुपाल्चोकका उपाध्यक्ष रामचन्द्र थापाले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.