असोज-१२
रौतहट
रिपोटर्स
अरबिन्द कुमार यादव
रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका वर्डा नम्बर २ भित्र ८०% निर्माण कार्य पूरा भएको छ।
सोमबार रिपोर्ट क्लब नेपाल रौतहट शाखाको सभा हलमा बोल्दै गौर नगरपालिका वर्डा नम्बर २ को वर्डा अध्यक्ष राकेश झाले भने चुनावी अभियानको वादा पूरा गर्ने क्रमै छु।वर्डा भित्र शिक्षा,स्वास्थ्य,यातायात तथा भौतिक पुर्वाधार निर्माण काम हरु लगभग ८०% कार्य सम्पन्न भएको छ।
बारा ,रौतहट र सर्लाही यी तीन वटै जिल्लामा मानव सेवा अश्रम केन्द्र को भवन तयारी अवस्थामा,सडक ढलान, नाला , श्री उच्च जुद्ध माद्यमिक विद्यालय गौरको शिक्षक/ शिक्षिका शौचालय तथा शुध्द खानेपानी ट्याङ्की सहित नल र दलित भवन तयारी अवस्थामा एवम् चुनाव जितनु भन्दा ६ महिना पहिला देखि वर्डा कार्यालय भाडामा संचालन रहेको हुदा वर्डा कार्यालयको आफ्नै भवन तयारी अवस्थामा रहेको झाले बताए।
साथै स्वास्थ्य चौकी भवन तयारी अवस्थामा र प्रहरी चौकी निर्माणाधीन अवस्थामा रहेको छ।
पोखरीया टोल देखि वर्तमान अवस्थामा रहेको वर्डा कार्यालय र देश को चौथो स्थानमा रहेको श्री जुद्ध माध्यमिक बिद्यालय गौर हुँदै ट्रान्सर्फमर चौक सम्म गएको सडकमा शहरी विकास मन्त्रालयले लगानी लगाएको आश्रय निर्माण सेवाको ठिका जिमामा रहेको हुदा निर्माण कार्य बिचमै स्थानीले अदालतमा मुदा दिएको छ त्यसैले सडक अबरुद्ध रहेको छ।

अवरुद्ध सडकलाई निर्माण कार्य जारी गराउन मेयर र मुदा हालेको व्यक्ती सङ्ग हाम्रो सम्वाद जारी छ दशै तिहार पछाडि देखि नै अदालत मा मुद्दा परेको सडक मा निर्माण कार्य हुने राकेश झाले जानकारी गराएको छ।
सवैले चुनावी नारामा दलितलाई राखे अगाडि राखे हुन्छ तर त्यसको बिपरित दलितको माया स्नेह सम्बन्ध राखेको झाले बताए।
३ वर्ष जनताको सेवामा नै छु अझ डेढ वरिष बाकी नै काम गरे जनता आउने चुनावमा फेरि दोहोरोएर ल्याइ पुग्ने कुनै कोशिस राख्दै म विश्वत भएको वर्डा अध्यक्ष राकेश झाले बताए।
