Monday, November 23[email protected]
Shadow

Author: admin

कलाका कुराको ३८ औं शृङखलामा कृष्ण मानन्धर

कलाका कुराको ३८ औं शृङखलामा कृष्ण मानन्धर

जीवनशैली
काठमाडौं । प्रख्यात कलाकार तथा प्राध्यापक कृष्ण मानन्धरले कलाका कुरामा आफ्नो अनुभव सुनाउनु भयो । नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम कलाका कुरामा मानन्धरले सानै देखि कलामा रुचि छोराको चाहना बुझेर बुवाले तत्कालिन जुद्धकला पाठशालामा भर्ना गरिदिएको बताउनु भयो ।  २०२६ साल ताका कलाका उच्च अध्ययनका लागि भारतको बम्बै स्थित जेजे कलेजमा अध्ययन गर्नुभएको हो । उहाँ भारतबाट अध्ययन गरेर आएकै वर्ष सन् २०७१ मा शशि शाह, वत्सगोपाल बैद्य,, इन्द्र प्रधान र कृष्ण मानन्धर मिलेरे स्किव समुहको सुरुवात गरेका थिए । स्किव समुहबाट यी कलाकारहरुले लामो समय नेपाली कला क्षेत्रमा वर्चश्व कायम गर्न सफ थिए । कृष्ण मानन्धर कला शिक्षणमा लगभग ३४ वर्ष संलग्न हुनुभयो । पहिला पहिला १०० जना जति राखेर कलाको कक्षामा पढाउनु पर्ने वाध्यता थियो । देशमा एक मात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो । अन्यत्र पनि क्या...
सोफाजको आयोजनामा अनलाइन कला लेखन कार्यशाला

सोफाजको आयोजनामा अनलाइन कला लेखन कार्यशाला

मनोरन्जन
काठमाडौं । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को आयोजनामा अनलाइन कला लेखन कार्यशाला भइरहेको छ । कला विषयमा पत्रकारिता तथा लेखन गरिरहेका व्यक्तित्वलाई लक्षित गरी सुरु गरिएको कार्यशालामा कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले कलाका सैद्धान्तिक व्यवहारिक पक्षमा केन्द्रित रहेको थियो । शनिबारदेखि सुरु भएको उक्त कार्यशालामा कलाको ऐतिहाासिक पक्ष, सभ्यताको विकासक्रममा कलाको विकास, कलाका सैद्धान्तिक तथा व्यवहारिक पाटाका बारेमा अवगत गराइएको थियो । कार्यशालामा कलाका शैलीगत तथा विषयगत पक्षमाथि चर्चा गर्दै थुम्केलीले कला लेखनमा फर्म (स्वरुप) र सार (विषय) का बारेमा चर्चा गर्नुभयो । ‘कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन्,’ थुम्केलीले थप्नुभयो, ‘मानवीय संवेग र व्यक्तिगत पहिचानका रुपमा कलाले मानिसलाई फरक देखाउँछ ।’ कलाले समाज, देश, धर्...
४५ औं किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

४५ औं किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

समाचार
काठमाडौँ, फागुन २५ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित सम्मेलनको समापन समारोहलाई सम्बोधन गदैँ सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर ४ सय जसमध्ये करिब ३ सय जना विदेशी पाहुनाको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताउनुभयो । उहाँले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’– सम्मेलन आयोजक समितिका अध्यक्ष ...
नेविसंघ महामन्त्रीमा त्रिविका आंशिक प्रध्यापकसमेतको दावी

नेविसंघ महामन्त्रीमा त्रिविका आंशिक प्रध्यापकसमेतको दावी

समाचार
काठमाडौं, माघ १६ । नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीको आकांक्षीले आफ्नो लविङलाई तिव्र पारिरहेका छन्। शिर्ष नेताहरुबीच भागवण्डामा कुरा मिलेपछि विद्यार्थी नेताहरुले दौडधुप गरिरहेका हुन्। अध्यक्षमा राजिव ढुङ्गानाको नाममा लगभग सहमति भईसकेकोले सो पछिको महत्वपुर्ण पद महामन्त्रीमा ८ पदका लागि करिब डेढ दर्जन नेताहरुले आआफ्नो गुटमा दावी पेश गरेका हुन।संस्थापन र पौडेल समुहले घरघ र सिटौला समुहले द्द पाउने गरी भागवण्डा भएको छ। सिटौला पक्षमा महामन्त्रीमा खासै विवाद रहेको नदेखिएपनि संस्थापन र पौडेल समुहमा आकाक्षीको व्यवस्थापनमा कठिन देखिएपनि आगामी काँङ्ग्रेस केन्द्रिय कार्यसमितको वैठकबाट नयाँ कार्यसमिति घोषणा हुने सम्भावना देखिएको छ। संस्थापन पक्षबाट महामन्त्रीको आकांक्षीमा शुभराम बस्नेत, महेश्वरी कुवर, संजय यादव, मनोज वैद्य, दुजाङ शेर्पा, मनिष सिजापति लगायत रहेका छन् ...
प्रेस सङ्गठन नेपाल, भक्तपुरले पायो पूर्णता

प्रेस सङ्गठन नेपाल, भक्तपुरले पायो पूर्णता

समाचार
प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले आज पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह–संयोजक सञ्जीप शुभचिन्तक (घिमिरे) को अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय जिल्ला कमिटी विस्तार गर्दै पूर्णता दिएको हो । जिल्ला कमिटीको सदस्यहरुमा हेमराज ढकाल, रोशन गाउँले, जीतेन्द्र श्रेष्ठ ‘रसिक’, बाबुकाजी श्रेष्ठ, चुडामणि पौडेल, अनिलमल्ल ठकुरी, अन्जना शिल्पकार, सविना केसी, प्रेमप्रसाद पाण्डे, चन्द्रकृष्ण श्रेष्ठ, किरण बुढाथोकी, नारायण थापा, सर्मिला शिल्पकार, राजकुमार लामिछाने, सुन्दर विष्ट, वीरेन्द्र चम्लागार्इं, भूमिराज अधिकारी, ऋषिकेश श्रेष्ठ, कविता अधिकारी, रोशनराज अर्याल, सिर्जना खतिवडा, आशिष पौडेल, दिनेश कार्की, जमिन राई, सन्तोष आचार्य, सरिना श्रेष्ठ, रामसुन्दर खाइतु, रहेका ...