Thursday, May 21[email protected]
Shadow

नेपाल भारत पेट्रोल पाइपलाईनले पौने दुई अर्ब बचत

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)को संयुक्त लगानीमा निर्माण गरिएको पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ । निगमले मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्ष भदौ २४ बाट पाइपबाट डिजेल ढुवानी सुरु गरेको थियो।

निगमको गत आर्थिक वर्ष ०७६र७७ को वार्षिक आर्थिक प्रतिवेदन अनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ। यसरी हेर्दा एक महिनामा सरदर १४ करोड ७० लाख रूपैयाँ बचत हुन्छ। मासिक १४ करोड ७० लाखका दरले एक वर्षमा करिब एक अर्ब ७६ करोड रूपैयाँ बचत भएको देखिन्छ। पाइपबाट डिजेल ल्याउन थालेको १५ महिना पूरा भएको छ। १५ महिनामा साढे दुई अर्ब रूपैयाँ हाराहारी बचत भएको छ। सुरुमा महिना कम डिजेल आयात भएको भए पनि निगमले क्रमशः क्षमता बढाउँदै लगेकाले ढुवानी धेरै हुँदा ढुवानीबापत लाग्ने रकम पनि बचत धेरै हुन्छ।

निगमको अमलेखगन्ज डिपोमा इन्धन भण्डारण गर्ने पर्याप्त ठाउ नभएको कारण पूणर् क्षमतामा अझै सञ्चालन हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published.