पुस १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै प्रचण्ड र नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् ।
पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् ।
पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ । ‘१२ गते नै लेखिएको प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको पत्र आज हात परेको छ’ एक बैंकको सीईओले भने, ‘यो विषय हामीले नै निणर्य गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं ।’
