Thursday, July 30[email protected]
Shadow

नेपाल भ्रमणको क्रममा बीआरआई र अन्य पारस्परिक विषयमा छलफल : चीन

पुस १६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणको समयमा अन्तरपार्टी अन्तर्क्रिररया संचालन र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा व्यवहारिक सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको प्रतिक्रिया दिएको छ ।

चार दिने नेपाल भ्रमणको समयमा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । तर, सो भ्रमणको बारेमा चिनियाँ पक्षले केही पनि बोलेको थिएन ।

चिनियाँ विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले विहीबार भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको अन्तर्राष्ट्रिय विभागको एक टोलीले हालै नेपाल भ्रमण गरेर सत्तारुढ र विपक्षी राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ ।

उनले अगाडि भनेका छन्,‘उनीहरुले अन्तरपार्टी अन्तर्क्रिररया संचालन, बीआरआईमा सहकार्य बढाउने र पारस्परिक सिकाई र अन्य पारस्परिक विषयहरुमा विचार आदान प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.