Thursday, May 21[email protected]
Shadow

वाईवाई नेपाल स्टारको प्रायोजक

काठमाडौं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी सो नेपाल स्टारलाई वाईवाईले प्रायोजन गर्ने भएको छ । त्यसका लागि की इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालि समूहबीच सम्झौता भएको छ । प्रालिका प्रमुख रविन्द्रकुमार रिजाल र वाईवाईको तर्फबाट चौधरीले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।सम्झौतापछि प्रबन्धक चौधरीले युवालाई प्रोत्साहित गर्न आफ्नो समूह सधैँ तयार भएको बताउनु भयो ।
वाईवाईले विश्वास गरेर धेरै काममा सहयोग गर्दै आएको जानकारी गराउँदै की इन्टरटेन्टमेन्टका प्रमुख रिजालले सिजी कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रियालिटी सोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published.