Tuesday, July 28[email protected]
Shadow

पर्यटन

सेञ्चुरी र माउण्ट प्रिन्सेसबीच छुट दिने सम्बन्धि सम्झौता

सेञ्चुरी र माउण्ट प्रिन्सेसबीच छुट दिने सम्बन्धि सम्झौता

पर्यटन, बैंक तथा बीमा, विजनेश, समाचार
काभ्रे । सेञ्चुरी कमर्सियल बैङ्क र धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटलबीच ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच धुलिखेल शाखाका शाखा प्रबन्धक दीपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गर्नुभएको हो । बैङ्कले आफ्ना ग्राहकहरुले डिजिटल माध्यमबाट भुतmानी गर्दा १० प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको छ । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य “पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य“ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको धुलिखेल शाखाका प्रमुख बजार व्यवस्थापक हरिकृष्ण दाहालले जानकारी दिनुभयो । सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेविट तथा क्रेडिट का...
एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

पर्यटन, विजनेश, व्यानर न्यूज, समाचार
कास्की । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पु¥याउने भएको छ । यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रमण वर्षमा विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने र भ्रमण वर्षमा नआउने पर्यटकका लागि समेत नेपाल घुम्नका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गरिने सङ्घका अध्यक्ष कुमार पन्तले बताउनुभयो । एनआरएनले नेपालका कूटनीतिक नियोग रहेका देशमा नियोगसँगको सहकार्यमा त्यहाँ हुने विभिन्न फेस्टिवल तथा सार्वजनिक यातायातमा भ्रमण वर्षको प्रचार गर्नेे तथा नियोग नभएका देशमा आफूहरु एक्लैले समेत प्रवद्र्धननात्मक क्रियाकलाप सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको साझेदार...
भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

पर्यटन, मनोरन्जन, विजनेश, समाचार
  तानसेन । पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि एक सातासम्म कार्यक्रम आयोजना गरी यही आउँदो फागुनको तेस्रो साता महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका प्रमुख तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रमणबहादुर थापाले जानकारी दिनुभयो ।आउँदो फागुनको २४ गतेदेखि आयोजना हुने महोत्सवका अवसरमा कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ), रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङको व्यवस्था तथा यस क्षेत्रका जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्ने योजना रहेको समितिले जनाएको छ । दुई साताअघि गठन भएको समितिले पाल्पासँगै कालीगण्डकी नदी बेंसी क्षेत्रका स्याङ्जा, तनहुँ, नवलपुर जिल्लामा भएका धार्मिक ऐतिहासिक, पुरातात्विकको पहिचान, कला संस्कृतिको संरक्षण सम्बद्र्धन तथा पर्यटकीय क्षेत्रको प्...
पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ ः मन्त्री भट्टराई

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ ः मन्त्री भट्टराई

पर्यटन, विजनेश, समाचार
काठमाडा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षितरुपमा रहेका बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गर्नुभयो । “दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।” उहाँले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । उहाँले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रय...