
सगरमाथा आरोहीहरु टासिलाक्पा शेर्पा, मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पाले विना अक्सिजन विन्टर एभरेस्ट स्पिड आरोहण गर्न सोमबार सगरमाथा आधार शिविर प्रस्थान गर्नु भएको छ । प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि असमान्य सिजनमा सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न लागिएको टासिलाक्पा शेर्पाले बताउनुभयो । उहाँले आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतिर केन्द्रित गर्न आफूहरुको आरोहणले मद्दत गर्ने अर्का आरोही मिङतेम्बा शेर्पाको दावी छ । उहाँका अनुसार विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोहण) हुने गरेको छ ।
सन् १९८० मा र सन १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोहण) गरेको पाईन्छ । उनीहरुले झण्डै दुई महिना लगाएर क्लाईविङ (आरोहण) गरेका थिए । तर आफुहरुको टोली भने पाँचदिनमै सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान राख्ने शेर्पाको भनाई छ ।
उहाँरुले फेबु्रवरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने लक्ष्य बनाउनु भएको छ ।
