Thursday, May 21[email protected]
Shadow

आठराईमा नेपाल बैङ्कको शाखा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो १७७ औं शाखा तेह्रथुमको आठराईमा सञ्चालनमा ल्याएको छ ।
आइतबार जन्मघर आठराईको इवा पुग्नु भएका प्रधानमन्त्री के पी शर्मा ओलीले बैङ्कको आठराई शाखा डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी उद्घाटन गर्नुभयो ।


आठराई गाउँपालिका वडा नं. १, संक्रान्ति बजारमा पुनः स्थापित शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग कारोबार सुरु भएको र यसबाट यस भेगमा बैङ्किङ कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले बैंकसँग कारोबार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वान समेत गर्नुभयो ।
शाखा उद्घाटन पश्चात संक्रान्ति बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि सिवाकोटीले नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध रहेको वताउनुभयो ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकमा बैङ्किङ पहँुच पु¥याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा स्थापना गर्दै सबै नेपालीलाई बैङ्किङ पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताउनु भयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले व्यावसायिक सम्भाव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरु ल्याई सबैसँग व्यावसायिक साझेदारीको रुपमा बैङ्क अगाडि बढेको बताउनुभयो
आठराई उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले नेपाल बैंकको पुनःस्थापनाले स्थानीय उद्यमी व्यवसायीमा खुसीको लहर आएको बताउँदै बचत गर्ने सँस्कृतिको विकास गर्न र परिश्रमी एवं उद्यमी बन्नमा बैंक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.