‘लोक नृत्यमा मौलिकता चाहिन्छ
दुलेगौँडा । नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा छन्। कठघोरी, कर्मधर्मा, करहवा, करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डी जस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका पनि छैनन्। जानकारहरुका अनुसार नेपालमा १६७ बढी लोकनृत्य रहेको छ। तीमध्ये गण्डकी प्रदेशमा कौराहा, सालैजो, घाटु, झ्याउरे, सोरठी, कुमारी र नचरी नाच प्रचलित भएपनि मौलिकता गुमाउदै गएको देखिन्छ। लोकसंस्कृती लोप हुँदा सांस्कृतिक विचलन आउने भएकाले संरक्षणको आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
शनिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागद्धारा यहाँ आयोजित ‘नेपाली लोक नृत्यमा देखिएका चुनौती र समाधानका उपायहरु’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले लोक संस्कृतीको मौलिकपन जोगाईराख्न अध्ययन अनुसन्धानको आवश्यकता औल्याए।
‘नयाँ चेत अनुसार लोक नृत्य परिमार्जित र परिस्कृत हुँदै गएको छ’, गण्डकी प्रदेशका आर्थिक माम...
