Tuesday, July 28[email protected]
Shadow

विचार

स्मरण–शक्तिको  वैज्ञानिकपक्ष

स्मरण–शक्तिको वैज्ञानिकपक्ष

विचार, समाचार
डा। लक्ष्मीकुमार पराजुली मानव शरीरका विभिन्न अंगमध्ये मस्तिष्कको विशेष महत्व छ भन्दा अतिशयोक्ति नहोला। शरीरको कूल वजनको २ प्रतिशत मात्रै हिस्सा मस्तिष्कले ओगटे पनि लगभग २० प्रतिशत ऊर्जा तथा अक्सिजन यसै अंगका लागि खर्च हुने गर्छ। मस्तिष्कलाई व्यक्तिको सामाजिक पहिचानको केन्द्र मानिने हुँदा कथम्कदाचित् कसैको स्मरण शक्तिमा ठूलो समस्या देखिएमा उसको सामाजिक प्रतिष्ठामै आँच आउने सम्भावना हुन्छ। अझ महत्वपूर्ण कुरा त हाम्रो मस्तिष्कले विगतका अनुभवहरूलाई नै आधार मानेर भविष्यको दैनिक जीवनयापनका रणनीति तय गर्छ। कुनै वयस्क व्यक्तिको दुर्घटना वा अन्य कारण विगतका स्मृति लोप भएका खण्डमा उसको व्यवहार अबोध बालकको जस्तै हुन जान्छ। फलस्वरूप व्यक्तिको दैनिक जीवनमा समेत चुनौती आउन सक्छन्। शिशु जन्मिनुअगावै आमाको गर्भमा रहँदा नै उसको मस्तिष्कका प्रायः कोष बनिसक्ने हुनाले यसको बनोट शरीरका अरू धेरै अंगभन्दा भिन्...
वैदेशिक रोजगार बचतपत्रको महत्व

वैदेशिक रोजगार बचतपत्रको महत्व

विचार, समाचार
नीलम तिम्सिना मुलुकको अर्थतन्त्रलाई निश्चित दिशा दिन अवलम्बन गरिने विभिन्न नीतिमध्ये वित्त नीति र मौद्रिक नीति अत्यन्त महत्वपूर्ण नीति हुन्। सरकारी कर, खर्च, बजेट–घाटा, ऋण र सापटीसँग सम्बन्धित नीति वित्त नीति हो भने मुद्रा, ब्याजदर र कर्जासँग सम्बन्धित नीतिलाई मौद्रिक नीति भनिन्छ। लोककल्याणकारी सरकारले अर्थ–व्यवस्थामा खर्च गर्नुपर्ने क्षेत्र असीमित हुने र खर्चको तुलनामा साधन र स्रोतको उपलब्धता सीमित हुनाले बजेट–घाटा सामान्य मानिन्छ। बजेट–घाटाको पूर्ति सरकारले आन्तरिक र वैदेशिक ऋणका स्रोतबाट गर्ने गर्छ। आन्तरिक ऋणका पनि विभिन्न स्रोत हुन्छन्। केन्द्रीय बंैकबाट अधिविकर्ष, वाणिज्य बैँक तथा वित्तीय संस्थाहरूबाट कर्जा तथा सर्वसाधारण जनतासँग ऋण लिएर सरकारले आन्तरिक ऋणमार्फत बजेट–घाटा पूर्ति गर्छ। नेपाल विकासोन्मुख देश भएकाले यहाँ पनि लोककल्याणकारी सरकारको अवधारणाअनुसार घाटाबजेट सामान्य मानिन्...
बाबु–आमा : बोझ कि वरदान  ?

बाबु–आमा : बोझ कि वरदान ?

जीवनशैली, विचार
नारायणप्रसाद पौडेल छोरो जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाइदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पठाउन पर्छ, ज्वाइँले लैजान्छन् । त्यसपछि बूढाबूढी टुक्क्रुक्क एक्लै हुनपर्छ । छोरा–बुहारी र छोरी–ज्वाइँ, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्वितीयाका जुन ९इदका चाँद० जस्तै टुप्लुक्क आउने हुन् कहिलेकाँहीँ । बूढो घर रुँगेर बस्दा बूढा–बूढीका हात–पाखुरा चलुन्जेल, खल्ती खाली नहुन्जेल र आफै केही गरेर बाँच्न सकुन्जेलसम्म त ठीकै छ । ओज र पोज पनि रहन्छ । नसक्ने भएपछि त सबैका लागि बोझ बनिँदो रहेछ । प्रशस्तै सम्पत्ति भएका, सामाजिक प्रतिष्ठा पनि आर्जन गरिसकेका चर्चित एक वृद्ध दम्पतीको गुनासो हो यो । पेन्सनपट्टा नभए पालिन गाह्रो रहेछ बाबु, पाल्दा रहेनछन् आजकालका छोरा बुहारीले पनि । धन्न त्यतिले पालिएकी छु । पेन्सन आउने नभए केको पाल्थे ...
छाउगोठविरुद्धको महाअभियान

छाउगोठविरुद्धको महाअभियान

विचार, समाचार
गत मङ्सिर महिनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला अछाममा महिनावारी भएको समयमा छाउगोठमा एक महिलाको ज्यान गयो । सो घटनापछि सरकारले पछिल्लो समयमा छाउगोठ भत्काउने अभियान थालेको छ । घटना दोहोरिएपछि सञ्चार माध्यममा थप छायो । चौतर्फी महिला अधिकारकर्मीको आवाज उठ्यो । पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय नै सक्रिय भएर अहिले कर्णाली र सुदूर पश्चिममा धमाधम छाउगोठ भत्काउन थालिएको छ । हरेक वर्ष छाउगोठमा महिलाको ज्यान जाने गरे पनि घटनापछि आवाज उठ्ने र त्यसै सेलाएर जाने गथ्र्यो । यस पटक भने सरकार चुप लागेर बसेन । गृह मन्त्रालयको ठाडो आदेशमा छाउगोठ भत्काउनेदेखि जनचेतना अभियान अहिले प्राथमिकतामा छ । महिनावारी भएको समयमा कर्णाली र सुदूर पश्चिममा जकडिएर रहेको सामाजिक विकृतिको छाउपडी ९छुई० कूप्रथा अहिलेसम्म समाजबाट तिरष्कृत भएको छैन । छाउ हुँदा महिला अपहेलित हुने...
मानव अधिकारको जुहारी

मानव अधिकारको जुहारी

जीवनशैली, विचार, समाचार
डा। टीकाराम पोखरेल नेपालमा मानवअधिकारको अवस्था कस्तो छ रु प्रश्न यति भए पुग्छ । उत्तर बग्रेल्ती हुन्छन् । मानवअधिकारको अवस्था राम्रो र नराम्रो भन्ने पक्ष र विपक्षमा लामो जुहारी चल्छ । नागरिक समाज र मानवअधिकारकर्मी भन्छन्– नेपालमा मानवअधिकारको अवस्था खत्तम छ । सरकार भन्छ– सब ठीकठाक छ । यही खत्तम र ठीकठाकलाई पुष्टि गर्न सरकारी र गैरसरकारी दुवै क्षेत्रले आ–आफ्नो बल खर्च गर्दा मानवअधिकारका क्षेत्रमा जुहारीको लामो शृङ्खला नै बन्छ । मानवअधिकारको सवालमा यो पक्ष र विपक्षको बहस लामो समयदेखि चलिआएको छ र कर्तव्य र दायित्वबोध नभएसम्म चली नै रहन्छ । पक्ष र विपक्षमा फरक फरक धारणा आउनुको कारण भरपर्दो तथ्याङ्कको अभाव हो । तथ्याङ्कमा आधारित मानव अधिकारको विश्लेषण भए जसले जस्तो चाह्यो त्यस्तै विश्लेषण हुनसक्ने थिएन । एउटै सवालमा फरक फरक बुझाइ हुने थिएनन् । मानव अधिकारको विषयमा अहिले हामी वर्ग, क्षेत्र...