काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जना कोभिड १९ संक्रमित शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन् । शुक्रबार नेपालमा कोभिड–१९ का १४५४ संक्रमितको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै कुल संक्रमित ५१९१९ पुगेको छ । पहिलो संक्रमित फेला परेको करिब सात महिनापछि कुल संक्रमित नाघेको हो ।
पछिल्लो चौबीस घण्टामा ९७२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यो संख्यासँगै संक्रमणमुक्त हुने ३६६७२ पुगेको छ । संक्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४९२५ जनामा संक्रमण सक्रिय रहेको जनाएको छ ।
आइसोलेसनमा १४९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् भने पाँचजनाको मृत्युसहित कुल संख्या ३२२ रहेको छ । पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ । योसँगै कोरोनाको कारणले मृत्यु भएकाको संख्या ३२२ पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौँ उपत्यकाका छन् । काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८÷३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ संक्रमित थपिएका छन् । कुल १०७०१ नमूना परीक्षण गर्दा देशभर ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।
यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२÷१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११÷११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ÷छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन÷तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई÷दुई, जुम्ला, बर्दिया र धादिङमा एक÷एक संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ९७२ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ७०.६ प्रतिशत अर्थात ३६ हजार ६७२ जना कोरोना मुक्त भएका छन् ।
