Thursday, May 21[email protected]
Shadow

ट्रिनबागो नाईट राइडर्स लाई चौथो पटक सीपीएल उपाधि

भद्र 25

पवन राज गुप्ता

क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। ब्रेन लारा रंगशालामा बिहीबार राती भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोक्सलाई ८ विकेटले पराजित गर्दै चौँथो पटक उपाधिमाथि कब्जा जमाएको हो।

टस जितेर फिल्डिङ रोजेपछि ट्रिनबागोलाई सेन्ट जोक्सले जितका लागि १५५ रनको लक्ष्य दिएको थियो। ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाउँदै सो लक्ष्य हासिल गरे।

उपाधि दिलाउने क्रममा ट्रिनबागोका लागि लेन्डल सिमोन्सले ८४ रनको आक्रामक पारी खेले। ओपनर सिमोन्सले ४९ बलमा ४ छक्का र ८ चौका हिर्काए। त्यस्तै डरेन ब्राभोले नटआउट ५८ रनको योगदान गरे।  पहिलो ब्याटिङ  गर्दे  2 विकेट  को छति माा 147 रन  बनाए ।।

ससेंट् लुसियाका लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले बनाए। उनले २७ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मद्दतमा ३९ रन बनाए। त्यस्तै मार्क देयलले २९ र नाजिबुल्लाह जार्डनले २४ रन जोडे।

ट्रिनबागोका लागि किएरोन पोलार्डले ४  महत्वपूर्ण विकेट लिए। त्यस्तै अली खान र फावद अहमदले २÷२ विकेट हात पारे।

ट्रिनबागो यस सिजनमा अपराजित रहँदै उपाधि जित्न सफल भयो।

Leave a Reply

Your email address will not be published.