मनसुन सक्रिय ,पाँच दिन देशभर बर्षा हुने
असोज-७
रौतहट
पवन राज गुप्ता
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना देखिएको छ।
उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ।
असोज-१०गते सम्म बर्षा हुने सम्भनवना देखिन्छ। ...
