किवानिज सिन्धुपाल्चोकद्वारा अनाथ बालबालिकाहरुलाई खाना र खाजा
काठमाडौं, असोज २० गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले अनाथ बालबालिकालाई खाजा खुवाएको छ ।
सोमबार काठमाडौको कागेश्वरी नगरपालिका मनहरा स्थित शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई क्लबका अध्यक्ष सुमित्रा बस्नेतको जन्मदिनको अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
आफ्नो जन्मदिनलाई किवानिज कार्यक्रमलाई प्रोत्साहित गर्दै शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई जन्मदिनको अवसरमा केक सहित खाना, खाजा खुवाइ आफ्नो कार्यकालको कार्य शुभारम्भ गरेको अध्यक्षा बस्नेतले जानकारी दिनुभयो । उहाँले क्लबले कोभिडको कहरमा किवानिस नेपाल डिस्ट्रिकको निर्देशन मान्दै सिमित व्यक्तिको उपस्थितिमा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् यसरी बालबालिकाको क्षेत्रमा सहयोगका कार्यक...
