नेपाल भारत सिमा खुलाउन रौतहटबाट चरमबद्ध आन्दोलनको घोषणा।
असोज-२५, रौतहट
अभिमनु कुमार पटेल,
रिपोर्टर
नेपाल भारत सिमा खुल्लाउन रौतहटको नागरिक समाजद्वारा सर्वपक्षीय चरण बद्ध आन्दोलनको घोषण गरिएको छ ।
सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेवन्त झाले बोल्दै भने विगत सात महिना देखि नेपाल भारत १८०० सय किलो मिटर लामो रहेको सिमा बन्द रहेपनि नेपालमा सरकारी कार्यालय, हवाई उडान, यातायात लगायत अन्य सम्बन्धित कार्यालयहरु पूर्ण संचालनमा आएको छ तर दैनिकी जीवन बिताउन गाह्रो चरको मुल्यमा विभिन्न खाद्यान्न सामाग्री खरिद गर्न सर्वसधारण बाध्य बनेका छन ।
बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको कारण नेपाल भारतको सीमा बन्द भएपछि सीमाबर्ती क्षेत्रको मजदूरी गरी खाने दुबै देशका गरिब निमुखा जनतालाई धेरै कष्टकर जीवन बिताउन परिरहेको अवस्था सृजना भएको...
