Thursday, July 30[email protected]
Shadow

रौतहटमा एक युवतीको शंकास्पद मृत्यु

असोज-२१ रौतहट

पवन राज गुप्ता

रौतहटमा एक १७ वर्षीया युवतिको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेका छ। रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं.(४) छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मंसुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

युवतिको शवलाई स्थानीय फुल महम्मद  लाल महम्मद, नसरुदिन मन्सुरी र निजकै श्रीमती सहनाजा मंसुरी समेत गरी ४ जना मिली स्थानीय जरनईल कवाडीको घरमा ल्याएर छोडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि भरत श्रेष्ठले बताएका छन।अनुसन्धानमा खटेको प्रहरी टोलीले फुल महम्मदलाई नियन्त्रणमा लिएको र अन्य जुनैद मियाँ लगाएतका फरार व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान कार्य भईरहेको डिएसपी श्रेष्ठले बताए।


Leave a Reply

Your email address will not be published.