समाचार
प्रदेश-२का कृषि राज्य मन्त्री योगेंद्र राय यादव द्वारा प्रदेश कानूनी सहायता अधिकृतको कार्यलय रौतहटमा उदघाटन
रौतहट, मंगसिर-२०
पवन राज गुप्ता
प्रदेश-२ का सरकार कृषि_राज्यमन्त्री_माननीय_योगेन्द्र_यादव_ज्युले_मुख्यन्यायाधीवक्ताको_कार्यालयद्वारा संचालित कानुनी सहायता अधिकृतको कार्यालय रौतहटमा उदघाटन गर्नुभएको छ। असहाय, गरीब ,अार्थिकरुपले पिछडिएका ,कानुनीरुपमा न्याय नपाएका, विभेदका शिकार भएका साथै प्रादेशिक समस्यासहितका सवालमा कानुनी सहयोगको अावश्यकता परेका विपन्न वर्गहरुका लागि निशुल्क कानुनी अधिकृतको कार्यालय रौतहट सदरमुकाम गौरमा बिधिवतरुपमा संचालनमा अाएको छ। कानुनी अधिकृत रामउदय यादवको अध्यक्षतामा अायोजन गरिएको छलफलमा प्रदेश सरकारको प्रतिनिधि/ प्रमुख अतिथि राज्यमन्त्री ज्युले प्रदेश सरकारले संचालन गरेका यस कार्यालयले सर्वसाधारण जनताप्रति उतरदायी रहन अाग्रह गरेका छ्न। सिडियो, सरकारी वकील, जिल्ला अदालतका श्रेस्तेदार, बार एसोसिएसन गौरसहितका जिल्लास्तरका वकीलहरुको उपस्थितिमा सम्पन्न छलफलले सर्वसाधा...
मंसिर ११गते भारतीय बिदेश मंत्रलायका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदै।
रौतहट
मंसिर-११
आगामी बिहीबार भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदैछन् ।
नेपाल–भारतबीच सीमा विवाद भइरहेका बेला विदेश सचिव श्रृंगला नेपाल आउन लागेका हुन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि श्रृंगलाको आगमनले विद्यमान समस्या समाधान गर्न र वार्ताका लागि समेत पहल हुने बुझिएको छ । साथै, नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि नेपाल भ्रमणमा आउन लागेका विदेशसचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्ने तय भएको छ । मंसिर १० गते नेपाल आइपुगेर उनी ११ गते स्वदेश फर्कने बुझिएको छ । यस्तै, नेपाली समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने तय भएको छ । भारतले लिपुलेक हुँदै सडक निर्माण गरेपछि सरकारले आपत्ति जनाउँदै भारतलाई नोट लेखेको थियो । ...
भारत र नेपाल दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने छ।
रौतहट
कार्तिक-१९
- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुगेका छन्। श्रीमती बिना र अन्य दुई जना अधिकारीका साथ इन्डियन एयर फोर्सको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका नरवणे अहिले सोल्टी होटलमा छन्।
नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध प्रधानसेनापति उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बुधबार नवरणेको कुनै औपचारिक कार्यक्रम छैन। तर स्रोतका अनुसार उनले पशुपतिनाथ दर्शन गर्न सक्ने कार्यक्रम छ। पौडेल भने हाल पशुपतिनाथ मन्दिर बन्द रहेकाले उक्त कार्यक्रम ...
भ्रस्टाचारिहरु लाई तह लगाउने वेला आयो—-ने.क.पा.नेता रामकुमार शर्मा
रौतहट,असोज-२८
पवन राज गुप्ता
भरस्टाचार लाई मूल रुप मा नियन्त्रण गर्न ने.क.पा का पूर्व सांसदतथा वर्तमान केन्द्रिय सदस्य राम कुमार शर्मा ले केहि प्रस्ताब राखेको छ।
१)अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा स्वतन्त्र, स्वायत्त, समावेशी र अधिकार सम्पन्न जनलोकपालको गठन गरियोस्।
२)जनलोकपालको प्रमुख एंव पदाधिकारीहरूको चयन एउटा निश्चित मापदण्डको आधारमा लोकसेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धाको आधारमा छनोट गरियोस्।वा
३)स्नातक तहको मतदाता मार्फत देश /बिदेशमा रहेका व्यक्तिहरू बाट अनलाइन भोटिङको आधारमा छनोट गरियोस्।
४)प्रधानमन्त्री, मुख्यमंत्री, मंत्री, सम्वैधानिक निकायका प्रमुख एंव पदाधिकारीहरू, न्यालय, सुरक्षा निकाय, गैरसरकारी संघ, संस्थाका पदाधिकारीहरु सबैलाई छानबिन गर्ने, फैसला गर्ने सम्मको अधिकार जनलोकपाल लाई नै दिने कानुनी व्यवस्था गरियोस्।
५)हालसम्म कायम रहेको दण्ड जरिमाना...
