Thursday, May 21[email protected]
Shadow

मंसिर ११गते भारतीय बिदेश मंत्रलायका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदै।

रौतहट

मंसिर-११

आगामी बिहीबार भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदैछन् ।
नेपाल–भारतबीच सीमा विवाद भइरहेका बेला विदेश सचिव श्रृंगला नेपाल आउन लागेका हुन् ।  भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि श्रृंगलाको आगमनले विद्यमान समस्या समाधान गर्न र वार्ताका लागि समेत पहल हुने बुझिएको छ । साथै, नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि नेपाल भ्रमणमा आउन लागेका विदेशसचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्ने तय भएको छ । मंसिर १० गते नेपाल आइपुगेर उनी ११ गते स्वदेश फर्कने बुझिएको छ । यस्तै, नेपाली समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने तय भएको छ । भारतले लिपुलेक हुँदै सडक निर्माण गरेपछि सरकारले आपत्ति जनाउँदै भारतलाई नोट लेखेको थियो । तर, भारतले आफ्नो अडान नछोडेपछि सरकारले कालपानी,लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको पूर्ण नक्सा जारी गरेपछि दुईदेशबीचको सम्बन्ध चिसिएको छ।

Leave a Reply

Your email address will not be published.