Thursday, May 21[email protected]
Shadow

प्रदेश-२का कृषि राज्य मन्त्री योगेंद्र राय यादव द्वारा प्रदेश कानूनी सहायता अधिकृतको कार्यलय रौतहटमा उदघाटन

रौतहट, मंगसिर-२०

पवन राज गुप्ता

प्रदेश-२ का सरकार कृषि_राज्यमन्त्री_माननीय_योगेन्द्र_यादव_ज्युले_मुख्यन्यायाधीवक्ताको_कार्यालयद्वारा संचालित कानुनी सहायता अधिकृतको कार्यालय रौतहटमा उदघाटन गर्नुभएको छ। असहाय, गरीब ,अार्थिकरुपले पिछडिएका ,कानुनीरुपमा न्याय नपाएका, विभेदका शिकार भएका साथै प्रादेशिक समस्यासहितका सवालमा कानुनी सहयोगको अावश्यकता परेका विपन्न वर्गहरुका लागि निशुल्क कानुनी अधिकृतको कार्यालय रौतहट सदरमुकाम गौरमा बिधिवतरुपमा संचालनमा अाएको छ। कानुनी अधिकृत रामउदय यादवको अध्यक्षतामा अायोजन गरिएको छलफलमा प्रदेश सरकारको प्रतिनिधि/ प्रमुख अतिथि राज्यमन्त्री ज्युले प्रदेश सरकारले संचालन गरेका यस कार्यालयले सर्वसाधारण जनताप्रति उतरदायी रहन अाग्रह गरेका छ्न। सिडियो, सरकारी वकील, जिल्ला अदालतका श्रेस्तेदार, बार एसोसिएसन गौरसहितका जिल्लास्तरका वकीलहरुको उपस्थितिमा सम्पन्न छलफलले सर्वसाधारण लाभान्वित हुने निष्कर्ष निकालेका छन।

Leave a Reply

Your email address will not be published.