रौतहट
मंगसिर-२८
पवन राज गुप्ता
श्रीमान गृह सचिव महेशवर न्यूपाने ज्यूद्वारा सधन शहरी तथा भवन निर्माण आयोजना पर्सा बिरगंजबाट नव निर्मित जिल्ला प्रशासन कार्यलय, रौतहटको भवन समुदघाटन स-सम्पन्न
श्रीमान् गृहसचिव महेश्वर न्यौपानेज्यूबाट प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक श्री गणेश अधिकारीको विशेष समुपस्थितिमा तथा प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, रौतहटको कार्यालय भवनको समुद्घाटन एवं प्रमुख जिल्ला अधिकारी आवास भवनको शिलान्यास भएको छ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, रौतहटका प्रमुख र उपप्रमुख एवं रौतहट जिल्लाका स्थानीय तहका प्रमुखज्यूहरु, मकवानपुर, पर्सा, बारा र सर्लाहीका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, अनुसन्धान निर्देशक, जिल्ला स्थित सुरक्षा निकायका प्रमुहहरु, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारी, संचारकर्मी, नागरिक समाज समेतको उपस्थिति रहेको थियो ।
