काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षामा आरक्षणको व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको छ ।
आरक्षणको व्यवस्थासहित चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षा हुनुपर्ने माग राख्दै डा. बिनय पन्जियारले २०७७ असोज २० गते मुद्धा दायर गरेका थिए । चिकित्सा शिक्षा आयोगले २०७७ असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेर परीक्षा रोकिएको थियो । सर्वोच्चको आदेशसँगै चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षाको लागि समेत बाटो खुलेको छ ।
