Friday, July 31[email protected]
Shadow

समाचार

काठमाण्डौका केही स्थानमा शुक्रबार र शनिबार बिजुली काटिने

काठमाण्डौका केही स्थानमा शुक्रबार र शनिबार बिजुली काटिने

व्यानर न्यूज, समाचार
पौष २, काठमाण्डौ, नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ । त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । निर्धारित कार्य समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।...
शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने

शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने

व्यानर न्यूज, समाचार
पौष २, काठमाडौं, भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर(बिजोर प्रणाली हट्ने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निणर्य गरेको हो । बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निणर्य गरेको हो। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर(बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार त...
सुरक्षागार्ड अन्तर्वार्तामा कतार सरकारकै संलग्नता ।

सुरक्षागार्ड अन्तर्वार्तामा कतार सरकारकै संलग्नता ।

व्यानर न्यूज, समाचार
पुस २, काठमाण्डौ । कतार प्रहरीमा नेपालीलाई भर्ना गर्ने गरी काठमाण्डौमा विभिन्न म्यानपावरमा भएका अन्तर्वार्तामा कतार सरकारकै अधिकारीहरु संलग्न देखिएको छ । वैदेशिक रोजगार विभागको अनुसन्धान प्रतिवेदनमा कतार प्रहरीमा नेपालबाट सुरक्षाकर्मी लैजाँदा कतारले तोकिएको प्रक्रिया मिचेको र काठमाण्डौमा भएका अवैध अन्तरवार्तामा कतार सरकारकै अधिकारीहरु संलग्न रहेको उल्लेख छ । कात्तिक २४ गते संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई कतारको रोजगारीमा सिन्डिकेट लाद्न खोजिएकोबारे अनुसन्धान गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएअनुसार २५ गते वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल संयोजक रहेको समिति बनेको थियो ।...
काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने

समाचार
पुस १, काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन । काठमाडौं महानगरपालिकाले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठ, काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेल, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकाल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।...
चिकित्सा शिक्षा स्नातकोत्तर परिक्षामा ४५ प्रतिशत आरक्षण लागू हुने ।

चिकित्सा शिक्षा स्नातकोत्तर परिक्षामा ४५ प्रतिशत आरक्षण लागू हुने ।

समाचार
काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षामा आरक्षणको व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको छ । आरक्षणको व्यवस्थासहित चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षा हुनुपर्ने माग राख्दै डा. बिनय पन्जियारले २०७७ असोज २० गते मुद्धा दायर गरेका थिए । चिकित्सा शिक्षा आयोगले २०७७ असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेर परीक्षा रोकिएको थियो । सर्वोच्चको आदेशसँगै चिकित्सा शिक्षा स्नातकोत्तर परीक्षाको लागि  समेत बाटो खुलेको छ ।...