Friday, July 31[email protected]
Shadow

समाचार

उखु किसानको आन्दोलन स्थगित , ४ बुँदे सहमति

उखु किसानको आन्दोलन स्थगित , ४ बुँदे सहमति

व्यानर न्यूज, समाचार
पौष १३, काठमाडौँ — सरकार र उखु किसानबीच २१ दिनभित्र भुक्तानी पाउने गरि सोमबार ४ बुँदे  सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सरकारले सम्बन्धित उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउनेछ । तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि सहमति पत्रमा उल्लेख छ । सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि गरेको धर्ना प्रदर्शन पनि स्थगित गर्ने भएका छन् । त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ । उक्त समितिले बक्यौता...
एक वर्षदेखि नाकामा चीनको अघोषित नाकाबन्दी, अर्बौंका सामान अलपत्र

एक वर्षदेखि नाकामा चीनको अघोषित नाकाबन्दी, अर्बौंका सामान अलपत्र

व्यानर न्यूज, समाचार
१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान सिल्क ट्रान्सपोर्टले चीनबाट नेपाल ल्याउँदै थियो । तर २५ दिनमै आउने सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन् । कोरोनालाई देखाएर चीनले नाका ठप्प बनाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । एक अर्ब रुपैयाँ बराबरका वस्तुहरु एक वर्षदेखि चिनियाँ नाकामा रोकिएको व्यवसायीले सम्वन्धित निकायमा गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनवाई भएको छैन । पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चिनले कडा व्यवहार देखाइरहेको छ । नेपाल(चीन नाकाहरु धेरैजसो चिनीया पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् । नयाँ वर्ष २०२० मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नोतर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले नाका बन्द गर्ने निणर्य लम्ब्यायो । च...
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको बिशाल प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको बिशाल प्रदर्शन

व्यानर न्यूज, समाचार
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडौंमा बिशाल प्रदर्शन गरेको छ । पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । ...
सर्वोच्च अदालत बार एशोसिएसनमा लोकतान्त्रिक समुहको दुई तिहाइको वर्चश्व

सर्वोच्च अदालत बार एशोसिएसनमा लोकतान्त्रिक समुहको दुई तिहाइको वर्चश्व

व्यानर न्यूज, समाचार
सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ । लोकतान्त्रिक समहुबाट पुणर्मान शाक्य अध्यक्ष, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्कीले विजय भएको छ । उपाध्यक्ष भने प्रगतिशिल समुहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा थिए ।...
जसपा कांग्रेसबीच दुई बुँदे समझदारी

जसपा कांग्रेसबीच दुई बुँदे समझदारी

व्यानर न्यूज, समाचार
प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदे समझदारी भएको छ । दुई पार्टीबीच  संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र  लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो। शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन् । त्यस बैठकमा कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी भएका थिए।...