Friday, July 31[email protected]
Shadow

समाचार

नेपाल भ्रमणको क्रममा बीआरआई र अन्य पारस्परिक विषयमा छलफल : चीन

नेपाल भ्रमणको क्रममा बीआरआई र अन्य पारस्परिक विषयमा छलफल : चीन

व्यानर न्यूज, समाचार
पुस १६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणको समयमा अन्तरपार्टी अन्तर्क्रिररया संचालन र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा व्यवहारिक सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको प्रतिक्रिया दिएको छ । चार दिने नेपाल भ्रमणको समयमा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । तर, सो भ्रमणको बारेमा चिनियाँ पक्षले केही पनि बोलेको थिएन । चिनियाँ विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले विहीबार भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको अन्तर्राष्ट्रिय विभागको एक टोलीले हालै नेपाल भ्रमण गरेर सत्तारुढ र विपक्षी राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ ।’ उनले अगाडि भनेका छन्,‘उनीहरुले अन्तरपार्टी अन्तर्क्रिररया संचालन, बीआरआईमा सहकार्य बढ...
नेकपाको खाता रोक्का गर्न प्रचण्ड-माधव समूहको बैंकलाई  पत्राचार

नेकपाको खाता रोक्का गर्न प्रचण्ड-माधव समूहको बैंकलाई पत्राचार

व्यानर न्यूज, समाचार
पुस १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै  प्रचण्ड र नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन् । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका छन् । पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ ।  ‘१२ गते नै लेखिएको प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको पत्र आज हात परेको छ’ एक बैंकको सीईओले भने, ‘यो विषय हामीले नै निणर्य गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं ।’...
आन्दोलन गर्न आएका उखु किसान यादवको हृदयघातबाट निधन

आन्दोलन गर्न आएका उखु किसान यादवको हृदयघातबाट निधन

व्यानर न्यूज, समाचार
पुस १४, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसान सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको हृदयघातका कारण मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको छ । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । ‘मृतक यादवले अन्नपूणर् चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए । मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको र पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् । चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।...
रौतहत को गौरमा संसद बिघटनको बिरोधमा  माधव-प्रचण्ड समूहको  बिशाल बिरोध प्रदर्शन

रौतहत को गौरमा संसद बिघटनको बिरोधमा माधव-प्रचण्ड समूहको बिशाल बिरोध प्रदर्शन

समाचार
रौतहट पौष-१४ पवन राज गुप्ता नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् । विरोध कार्यक्रममा प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यद्वय समिर भटराई र रामकुमार भटराई, पूर्वसांसद सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, देवेन्द्र पटेल, प्रदेश कमिटी सदस्यहरु शम्भु साह,ओहिद अन्सारी, कमल यादव, प्रदेशसभा सदस्य नागेन्द्र यादव, सहिना खातुन ,दुर्गा भगवती गा. पा. नगर कमिटी अध्य्क्ष सम्भु सिंह  ,बिरेन्द्र शाह एवम युवा नेता डी.के झा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।...
मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

व्यानर न्यूज, समाचार
काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै  रिट दायर गरेका हुन् । सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरेका थिए रिटमाथि सुनुबाईका लागि १५ गते बुधबार पेसी तोकिएको छ ।...