रौतहट
पौष-१४
पवन राज गुप्ता
नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् ।
विरोध कार्यक्रममा प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यद्वय समिर भटराई र रामकुमार भटराई, पूर्वसांसद सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, देवेन्द्र पटेल, प्रदेश कमिटी सदस्यहरु शम्भु साह,ओहिद अन्सारी, कमल यादव, प्रदेशसभा सदस्य नागेन्द्र यादव, सहिना खातुन ,दुर्गा भगवती गा. पा. नगर कमिटी अध्य्क्ष सम्भु सिंह ,बिरेन्द्र शाह एवम युवा नेता डी.के झा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
