Thursday, May 21[email protected]
Shadow

जसपा कांग्रेसबीच दुई बुँदे समझदारी

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदे समझदारी भएको छ ।

दुई पार्टीबीच  संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र  लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।

शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन् । त्यस बैठकमा कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published.