Monday, July 27[email protected]
Shadow

एक वर्षदेखि नाकामा चीनको अघोषित नाकाबन्दी, अर्बौंका सामान अलपत्र

१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान सिल्क ट्रान्सपोर्टले चीनबाट नेपाल ल्याउँदै थियो । तर २५ दिनमै आउने सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन् । कोरोनालाई देखाएर चीनले नाका ठप्प बनाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

एक अर्ब रुपैयाँ बराबरका वस्तुहरु एक वर्षदेखि चिनियाँ नाकामा रोकिएको व्यवसायीले सम्वन्धित निकायमा गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनवाई भएको छैन ।

पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चिनले कडा व्यवहार देखाइरहेको छ । नेपाल(चीन नाकाहरु धेरैजसो चिनीया पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् ।

नयाँ वर्ष २०२० मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नोतर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले नाका बन्द गर्ने निणर्य लम्ब्यायो । चीन हुँदै यूरोप र विश्वभर कोरोना फैलिएपछि नेपाल सरकारले पनि चैत ९ गते नेपाल(चीन नाका बन्द गर्ने निणर्य गर्‍यो । तर बाटोमा कन्टेनर अड्किएको भन्दै व्यवसायीले नाका खोल्न आग्रह गरेपछि सरकारले चैत १२ गते मालवस्तु आयातका लागि नाका खोल्ने निणर्य गर्‍यो ।

नेपालले नाका खोल्ने निणर्य गरे पनि चीनको अर्घेलो जारी रह्यो । अत्यावश्यक वस्तुको ढुवानी र रोकिएको कन्टेनर नेपाल पठाउन चीन सहमत भए पनि झन्झटिलो सर्तहरु उसले तेस्र्यायो । त्यसैले तत्काल नाका सुचारु हुन सकेन । चैत २७ गते स्वास्थ्य सामग्री भित्र्याउँदै तातोपानी नाका सञ्चालनमा आए पनि व्यवसायीक रुपमा यो नाका खुल्न समय लाग्यो । यता प्रक्रिया र चिनीयाँ शर्तकै कारण नखुलेको रसुवागढी नाका असार २२ गतेबाट दैनिक १२० टन सामान नेपाल ल्याउनेगरी एकतर्फी रुपमा सञ्चालनमा आयो ।

दुई हजार कन्टेनर अलपत्र परेको नाकामा दैनिक चार वटा कन्टेनर मात्रै भन्सार जाँच पास हुँदा नयाँ व्यवसायिक कारोबार हुन सकेन । यसैबीच, पहिरोका कारण असार २४ पछि नेपालको आग्रहमा तातोपानी नाका एक महिना बन्द हुन पुग्यो । नेपालले पहिरो पन्छाएर नाका खाल्न आग्रह गरे पनि हिमताल फुट्ने जोखिम देखाएर भदौ तेस्रो सातादेखि तातोपानी नाका खुलेन । यता नेपालबाट सामान ढुवानीका लागि खटिएका श्रमिकमा कोरोना देखिएपछि भदौ १७ गतेदेखि चिनीयाँ पक्षले रसुवागढी नाका पनि चीनले बन्द गरिदियो ।

त्यसयता चीनले नेपालमा कोरोना फैलिएको भन्दै नाकामा कसिलो सर्त राख्ने गरेको छ । चीनले असोज १९ गते खुलेको तातोपानी नाका २० गते नै बन्द गरिदियो । त्यसपछि कात्तिक १३ गतेबाट तातोपानी नाका चीनको सामान ल्याउनका लागि मात्रै खुल्ला गरिएको छ । सामान ल्याउन चिनियाँ पक्षले लगाएको शर्तका कारण दैनिक एक दर्जनभन्दा कम संख्यामा मात्रै कन्टेनरले प्रवेश पाउँदा व्यवसायीहरु हैरान छन् । उता रसुवागढी नाकाबाट आयातका कडा सर्त कायमै छ भने निर्यात शून्य

Leave a Reply

Your email address will not be published.