Wednesday, July 29[email protected]
Shadow

सुरक्षागार्ड अन्तर्वार्तामा कतार सरकारकै संलग्नता ।

पुस २, काठमाण्डौ । कतार प्रहरीमा नेपालीलाई भर्ना गर्ने गरी काठमाण्डौमा विभिन्न म्यानपावरमा भएका अन्तर्वार्तामा कतार सरकारकै अधिकारीहरु संलग्न देखिएको छ ।

वैदेशिक रोजगार विभागको अनुसन्धान प्रतिवेदनमा कतार प्रहरीमा नेपालबाट सुरक्षाकर्मी लैजाँदा कतारले तोकिएको प्रक्रिया मिचेको र काठमाण्डौमा भएका अवैध अन्तरवार्तामा कतार सरकारकै अधिकारीहरु संलग्न रहेको उल्लेख छ । कात्तिक २४ गते संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई कतारको रोजगारीमा सिन्डिकेट लाद्न खोजिएकोबारे अनुसन्धान गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएअनुसार २५ गते वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल संयोजक रहेको समिति बनेको थियो ।

Leave a Reply

Your email address will not be published.