Saturday, August 1[email protected]
Shadow

समाचार

ओलीले भारतीय मीडियामा भने–चुनावपछि फेरि सत्तामा आउँछु

ओलीले भारतीय मीडियामा भने–चुनावपछि फेरि सत्तामा आउँछु

समाचार
पौष-२७ रौतहट पवन राज गुप्ता   प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि फेरि आफू नै सत्तामा पुग्ने दावी गरेका छन् । सोमबार टेलिभिजन ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् । नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको समेत उनले बताए ।...
भोलीदेखि जसपाको दोस्रो चरणको आन्दोलन

भोलीदेखि जसपाको दोस्रो चरणको आन्दोलन

व्यानर न्यूज, समाचार
पौष २४, काठमाण्डौ, संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ । पुस २५ गतेदेखि माघ ७ गतेसम्मको कार्यक्रम घोषणा अनुसार भोलि विराटनगर, धनगढी र भैरहवामा आमसभाको घोषणा गरिएको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ । भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भटराई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द...
भारत सरकारद्धारा नेपाललाई  ३०६ मिलियन नेपाली रुपैया सहयोग

भारत सरकारद्धारा नेपाललाई ३०६ मिलियन नेपाली रुपैया सहयोग

व्यानर न्यूज, समाचार
पौष २३,काठमाण्डौ, भारतिय राजदुताबासको उप प्रमुख सुश्री नमग्या खम्पाले राष्ट्रीय पुर्ननिर्माण प्राधिकरणको प्रमुख श्री सुशिल ज्ञाबालीसंग भेट गर्नुभएको छ  भेटमा भारत सरकारको सहयोगमा भईरहेको पुर्ननिर्माण कार्य बारे छलफल भएको छ । उक्त अवसरमा सुश्री खम्पाले भूकम्पबाट प्रभावित स्कुलहरुको पुर्ननिर्माण कार्यका लागि ३०६.६ मिलियन नेपाली रुपैया नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ ।...
अपहरण अभियोगमा दुई चिनियाँ  नागरिक पक्राउ

अपहरण अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ

व्यानर न्यूज, समाचार
पुस २३, काठमाडौं । प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् । उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ ।...
नेपाली सेनाद्धारा रौतहटमा स्वास्थ्य शिविर संचालन

नेपाली सेनाद्धारा रौतहटमा स्वास्थ्य शिविर संचालन

व्यानर न्यूज, समाचार
पौष २२,रौतहट, नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका- ९ बैरियामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पुगेर २४३ स्थानीयले उपचार सेवा लिएका छन्  नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार सेवा प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविरबाट ११० महिला, १०१ पुरुष र ३२ बालबालिकाले उपचार प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको नं २८ बाहिनी र त्यहा रहेको घुम्ती एम्बुलेन्स गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र इन्द्रबक्स गण सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो ।    कोभिड-१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई स्थान विशेषमै पुगेर निःशुल्क औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य...