समाचार
नगरप्रमुख संतोष मेहता द्वारा दलीतहरु लाई न्यानो लुगा वितरण
माघ-१
रौतहट
पवन राज गुप्ता
दलित टोलमा पुगे इशनाथका मेयर र उप मेयर
ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.५ लक्ष्मीनीया स्थित दलित टोलमा सो नगरपालिका का नगर प्रमुख सन्तोष मेहता र उप प्रमुख हुस्न आरा खातुनले कम्बल वितरण गरेका छन । पछिल्लो १ साता देखि तराइमा शितलहर बढे संगै नगर प्रमुखको चासो अनुरुप सो टोलका ४० दलित परिवार लाई कम्बल वितरण गरिएको हो । नगर वासीको जिउ ज्यान जोगाउन आफ्नो तर्फबाट कुनै कमजोरी न हुने भन्दै नगर प्रमुख मेहताले अन्य वडामा समेत आवश्यक परिवार लाई जाडो छल्ने सामग्री वितरण गर्नुका साथै सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने बारे छलफल भैइ रहेको बताएका छन । कम्ब्ल वितरण कार्यक्रम मा सो वडाका वडा अध्यक्ष शेख निसार, वडा सदसय गुलाबी र वडा नं.६ का वडाअध्यक्ष रामेशवर साह सहित स्थानीय भद्रभलादमीको उपस्तिथि रहेको थियो ।...
भोलीदेखि परराष्ट्रमन्त्रीको तीन दिने भारत भ्रमण
पुस २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहिबार ३ दिने भारत भ्रमणका लाग नयाँ दिल्ली जाँदैछन् । दिल्लीमा रहँदा ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ। हरेक दुई वर्षमा हुने आयोगको बैठकमा समग्र दुईपक्षीय एजेण्डाहरूमा छलफल हुन्छ । परराष्ट्र अधिकारीहरूका अनुसार यसपटकको बैठकका लागि ४० भन्दा बढी एजेन्डा तय गरएकिो छ।...
नगर प्रमुख संतोष मेहता द्वारा सामुदायिक स्वास्थ इकाइको उद्घाटन
पौष-२
रौतहट
पवन राज गुप्ता
रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.२,५ र ६ मा नगर प्रमुख सन्तोष मेहता र उप प्रमु हुसने आरा खातुन द्वारा सामुदायिक स्वास्थ ईकाइको उद्घाटन गरेका छन । नागरिकलाई आफ्नै वडामा स्वास्थ सेवाको पहुँच होस भन्ने उद्देश्यका साथ स्वास्थ एकाइ स्थापन गरिएको नगर प्रमुख मेहताले बताए ।...
नागरिक समाजले अलोकतान्त्रिक क्रियाकलापलाई सही ट्रयाकमा ल्याउन भूमिका खेल्न सक्नुपर्ने
काठमाडौं । जनताले पाँच वर्षका लागि स्थायी सरकारको लागि दिएको जनमतको उपहास गरेको भन्दै नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभाको विघटन विरुद्घ असन्तुष्टि जनाएका छन् ।
साप नेपालले राजधानीमा आयोजना गरेको ‘नागरिक समाज संस्थाको आयोजनामा संवैधानिक संकट र लोकतन्त्रको सुदृढिकरण’ विषयक अन्तरकृया कार्यक्रममा उनीहरुले अलोकतान्त्रिक क्रियाकलापहरुलाई सही ट्रयाकमा ल्याउनका लागि सक्दो भूमिका नागरिक समाजले खेल्न सक्नुपर्नेमा पनि जोड दिएका छन् ।
वर्तमान समयमा भएको संसद विघटन र सो सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा राजनीतिक दलहरुको अलोकतान्त्रिक अभ्यासको कारण लोकतन्त्र संकटमा पर्नुको साथै संवैधानिक संकट आईपरेको उनीहरुको भनाई छ ।
पोल्सानका पुर्वअध्यक्ष प्राध्यापक डाक्टर गंगाबहादुर थापाले संविधानको जर्गेना र लोकतन्त्रको संस्थागत तथा सुदृढीकरण गर्दै राज्यको हरेक अंगले संविधानको पुर...
